बिहीबार, आश्विन १,२०८३ 06:44:16
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 06:44:16
Bizshala
Global IME Bank Limited

३ हजारको विन्दुमा प्रतिरोध सामना गरेको बजारको अबको सम्भावना कस्तो ?

३ हजारको विन्दुमा प्रतिरोध सामना गरेको बजारको अबको सम्भावना कस्तो ?
New Office

काठमाण्डौ । गत साताको अन्तिम कारोबारमा ३ हजार ४१ को विन्दुसम्म पुगको बजार त्यस यता ३ हजाार माथि टिक्न सकेको छैन । त्यस यता बजारमा लगातार २ वटा  वियरिस प्रकृतिका क्याण्डल बनेका छन् ।  

आज बजार झिनो अंकले बढ्दा कारोबार भने अघिल्ला कारोबारमा भन्दा करिब १० अर्बले घटेको छ । बोलिङ्गर ब्याण्ड मार्फत नियाल्दा बजारले बिस्तारै अपर ब्याण्ड छोड्दै गएको देखिन्छ । तर अन्तिमका २ वटा क्याण्डलमा बजारले २९४० विन्दुमा सपोर्ट लिएको छ । म्याक्डी मार्फत नियाल्दा भने बजार करिब वियरिस क्रसओभर नजिक आएको देखिन्छ ।

तर आज नै वियरिस क्रसओभर भने भै सकेको अबस्था होइन । आरएसआई ओभर बट जोनमा चलेको छ । बुलिस बजारमा यस्तो विन्दु लामो समय ओभर बट जोनमा चल्ने गर्छ ।  

Shivam Cement
Bizshala
CG Motors

बजारलाई मनी फ्लो इन्डेक्बाट हेर्दा पछिल्लो बुल बजारमा पहिलो पटक प्रष्ट रुपमा ८० को तहबाट तल झरेर सेल सिग्नल दिएको छ । (हेर्नुहोस तस्बिरमा एरो ) मनी फ्लो इन्डेक्सले प्राइस र भोल्युम दुबैलाई संकेत गर्छ । सम्रगमा ३ वटै इन्डिकेटरबाट नियाल्दा बजारमा बिक्री दबाब परेको देखिन्छ । तर बजारको दिशा भने अझै एक–दुई कारोबारबाट मात्रै प्रष्ट हुने देखिन्छ । यदि आगामी कारोबारमा बजार ३ हजार विन्दु भन्दा माथि–माथि टिकेर कारोबार भएको खण्डमा बजारले अप ट्रेन्ड लिन सक्ने छ । तर यदि बजार हालको न्यून विन्दु २९४० भन्दा तल झरेमा भने केही बिक्री दबाब पर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.