शनिबार, जेष्ठ २,२०८३ 01:35:28
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 01:35:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एयर इन्डियाको विमानमा बम राखेको धम्की आएपछि....

Laxmi Sunrise Bank Limited
एयर इन्डियाको विमानमा बम राखेको धम्की आएपछि....
Shivam Cement

काठमाण्डौ। बिहीबार मुम्बईबाट उडेको एयर इन्डियाको विमानमा बम राखिएको धम्की प्राप्त भएको छ। विमान मुम्बईबाट तिरुवनन्तपुरम जाँदै थियो। धम्की पाएलगत्तै विमानलाई तिरुवनन्तपुरम अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरियो।  

जहाज विमानस्थलको नजिक पुग्नै लाग्दा बिहान ७ः ३० बजेतिर विमानमा बम राखिएको धम्की प्राप्त भएको थियो । जानकारी पाएलगत्तै विमानस्थलमा पूर्ण आपतकाल लगाइएको थियो। 

Bizshala
New Office
CG Motors

विमानस्थलसँग सम्बन्धित स्रोतका अनुसार बिहान करिब ८ बजे विमान अवतरण गरिएको थियो। १३५ यात्रुहरू सवार सो विमानलाई आइसोलेसन वे मा लगेर राखियो।

बिहान ८ः४४ बजेभित्र एआई ६५७ बाट यात्रुहरूलाई सकुशल बाहिर निकालिसकेको थियो।  तिरुवनन्तपुरम विमानस्थलमा जहाज अवतरण भएपछि मात्रै पाइलटले यात्रीहरूलाई बमको धम्की आएको भनेर बताएका थिए।

सबै यात्रु र चालक दल सकुशल रहेको र विमानस्थल सञ्चालनमा पनि कुनै अवरोध नआएको बताइएको छ। धम्की कसले दियो रु केमा आयो भन्ने जानकारी आउन सकेको छैन। यो घटनाबारे अनुसन्धान भइरहेको छ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.