शनिबार, आश्विन १०,२०८३ 04:28:36
Bizshala
  • शनिबार, आश्विन १०,२०८३ 04:28:36
Bizshala
Global IME Bank Limited

बजारमा १.४५% ले घट्यो नगद परिचालन, सरकारी कोष भने बढ्यो

Bizshala
बजारमा १.४५% ले घट्यो नगद परिचालन, सरकारी कोष भने बढ्यो
New Office

काठमाण्डौ । एक महिनाको अवधिमा बजारमा नगद परिचालन १.४५ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको मासिक विवरणमा यस्तो देखिएको हो ।  

विवरण अनुसार साउन महिनासम्ममा बजारमा ६ खर्ब ७० अर्ब २० करोड रुपैयाँबराबरको नगद परिचालन भएको छ । गत असार महिनासम्ममा भने बजारमा ६ खर्ब ८० अर्ब ४ करोड रुपैयाँबराबरको नगद परिचालन भएको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

साउन महिनासम्म केन्द्रीय बैंकमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप २ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ । जुन असार महिनाको तुलनामा ७.८७ प्रतिशतले कम हो । असार महिनासम्म केन्द्रीय बैंकमा बैंक तथा वित्तीय संस्थाको निक्षेप २ खर्ब ९० अर्ब रुपैयाँ थियो ।  

यस्तै राष्ट्र बैंकमा सरकारको निक्षेप भने बढेको छ । असार महिनासम्म ६३ अर्ब ९५ करोड रुपैयाँ सरकारी निक्षेप रहेकोमा साउनसम्म बढेर १ खर्ब ६६ अर्ब पुगेको छ ।  

साउन महिनासम्म राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाले ७ अर्ब ७५ करोड रुपैयाँबराबरको विदेशी मुद्रा निक्षेप गरेका छन् । जुन असार महिनाको तुलनामा ३९.७७ प्रतिशतले कम हो ।  

साउन महिनासम्ममा राष्ट्र बैंकको कुल स्वेदेशी मुद्रा सम्पत्ति ९२ अर्ब ७२ करोड रुपैयाँबराबर र कुल स्वदेशी दायित्व १४ खर्ब ५३ अर्ब रुपैयाँबराबर रहेको छ ।  

यस्तै कुल विदेशी मुद्रा सम्पत्ति २० खर्ब १ अर्ब र कुल विदेशी मुद्रा दायित्व ४६ अर्ब ९७ करोड रुपैयाँबरारब रहेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.