बिहीबार, असार १२,२०८२ 08:50:29
  • बिहीबार, असार १२,२०८२ 08:50:29
Global IME Bank Limited

चालु आवको पहिलो महिनामै १.१६ खर्ब व्यापार घाटा, आयात र निर्यात दुवैमा संकुचन

Hyundai Nepal
चालु आवको पहिलो महिनामै १.१६ खर्ब व्यापार घाटा, आयात र निर्यात दुवैमा संकुचन
Nabil Bank Limited

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा मात्रै देशको व्यापार घाटा १ खर्ब बढी पुगेको छ । चालु आवको साउनमा देशको व्यापार घाटा १ खर्ब १६ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ०.३८ प्रतिशतले बढी हो ।  

आर्थिक वर्ष २०८०/८१ को साउनमा भने १ खर्ब १५ अर्ब ७१ करोड ३ लाख रुपैयाँबराबरको व्यापार घाटा भएको थियो ।  

भन्सार विभागको तथ्यांक अनुसार साउनमा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । यो रकम अघिल्लो आवको तुलनामा ९.६३ प्रतिशतले कम हो । गत आर्थिक वर्षको साउनमा १३ अर्ब ५२ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।

यस्तै साउनमा १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाखको वस्तु आयात भएको छ । जुन अघिल्लो आवको तुलनामा ०.६७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको साउनमा १ खर्ब २९ अर्ब २३ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

विभागका अनुसार गत साउनमा भारतसँग सबैभन्दा धेर्रै व्यापार घाटा भएको छ । भारसँग मात्रै ७० अर्ब १० करोड ४२ लाखबराबरको व्यापार घाटा भएको छ । साउनमा भारतबाट ७७ अर्ब ६८ करोड ३१ लाख बराबरको वस्तु आयात र ७ अर्ब ५७ करोड ८८ लाख रुपैयाँको वस्तु निर्यात भएको तथ्यांकले देखाएको छ । नेपालले भारतपछि चीनसँग सबेभन्दा धेरै घाटा व्यहोरेको छ । चीनसँग नेपालले २४ अर्ब ३८ करोड ४७ लाख रुपैयाँ बराबर व्यापार घाटा व्यहोरेको छ । साउनमा चीनबाट २४ अर्ब ५४ करोड २३ लाखको आयात हुँदा १५ करोड ७६ लाख बराबरको मात्रै निर्यात भएको छ ।  

यस्तै कतारसँग २ अर्ब ९१ करोड रुपैयाँ, युक्रेन २ अर्ब ३० करोड, अस्ट्रेलियासँग १ अर्ब ९२ करोड रुपैयाँ र बहराइनसँग १ अर्ब ५५ करोड रुपैयाँ व्यापार घाटा भएको छ ।  

चालु आर्थिक वर्षको साउनमा अन्य मुलुकसहित १ सय २ मुलुकसँग व्यापार गर्दा १३ मुलुकसँग मात्रै नाफा रहेको विभागले बताएको छ । साउनमा सबैभन्दा धेरै संयुक्त अधिराज्यसँग १८ करोड ३४ लाख ६६ हजार रुपैयाँ व्यापार नाफा देखिएको छ । अफगानिस्तानसँग १० करोड ७८ लाख र बेल्जियमसँग २ करोड ५१ लाख रुपैयाँले व्यापार नाफा देखिएको छ ।

निर्यातमा करिब १० प्रतिशतले गिरावट हुँदा आयात–निर्यात अनुपात पनि ९.५५ प्रतिशतबाट १०.५ प्रतिशत पुगेको छ । यस्तै वैदेशिक व्यापारमा निर्यातको हिस्सा ९.७८ प्रतिशतबाट घटेर ८.७० प्रतिशतमा झरेको छ । यस्तै आयातको हिस्सा ९०.५२ प्रतिशतबाट वृद्धि भई ९१.३० प्रतिशत पुगेको छ ।

आयात र निर्यात दुवैमा संकुचन आएपनि भन्सार राजश्व भने बढेको छ । साउनमा ३४ अर्ब ४६ करोड ९७ लाख रुपैयाँ राजस्व संकलन भएको छ । जुन गत वर्षको तुलनामा राजस्वमा ६.५९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको साउनमा ३२ अर्ब ३३ करोड ७३ लाख भन्सार राजश्व संकलन भएको थियो ।  

नेपालले साउन पेट्रोलियम पदार्थ, फलामजन्य वस्तु, स्मार्टफोन, कच्चा सूर्यमुखी तेललगायतका वस्तुहरु सर्वाधिक आयात गरेको छ  । साउनमा ६ अर्ब ९८ करोड ७१ लाख बराबरको डिजेल, ५ अर्ब ६९ करोड ३५ लाख बराबरको पेट्रोल, ४ अर्ब २७ करोड ७७ लाखको युरिया मल, ३ अर्ब ७२ करोड ७२ लाखको फलामको उत्पादन, ३ अर्ब रुपैयाँको ३ मिमिभन्दा कम मोटाइको फलाम र २ अर्ब ६३ करोड १९ लाख रुपैयाँको कच्चा सूयमुखी तेलर ४ अर्ब ८२ करोड ६६ लाख बराबरको खाना पकाउने ग्यास आयात भएको विभागले जनाएको छ ।  

यस्तै सर्वाधिक निर्यात हुने वस्तुहरुमा गलैंचा, धागो, कालो चिया, फलाम तथा स्टिल, तोरी तथा रायोको पिना रहेका छन् । साउनमा एक अर्ब ११ करोड ७५ लाख बराबरको गलैंचा निर्यात भएको छ । यस्तै ५८ करोड २० लाख रुपैयाँको धागो, ५१ करोड ३२ लाख रुपैयाँको कालो चिया र ४७ करोड ९७ लाख रुपैयाँको ६ सय मिमि मोटाइको फलाम तथा स्टिल निर्यात भएको हो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.