बुधबार, श्रावण २७,२०८३ 10:59:52
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 10:59:52
Bizshala
Global IME Bank Limited

चालु आवको पहिलो महिनामै १.१६ खर्ब व्यापार घाटा, आयात र निर्यात दुवैमा संकुचन

Prabhu Bank Limited
चालु आवको पहिलो महिनामै १.१६ खर्ब व्यापार घाटा, आयात र निर्यात दुवैमा संकुचन
New Office

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा मात्रै देशको व्यापार घाटा १ खर्ब बढी पुगेको छ । चालु आवको साउनमा देशको व्यापार घाटा १ खर्ब १६ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ०.३८ प्रतिशतले बढी हो ।  

आर्थिक वर्ष २०८०/८१ को साउनमा भने १ खर्ब १५ अर्ब ७१ करोड ३ लाख रुपैयाँबराबरको व्यापार घाटा भएको थियो ।  

भन्सार विभागको तथ्यांक अनुसार साउनमा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । यो रकम अघिल्लो आवको तुलनामा ९.६३ प्रतिशतले कम हो । गत आर्थिक वर्षको साउनमा १३ अर्ब ५२ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।

यस्तै साउनमा १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाखको वस्तु आयात भएको छ । जुन अघिल्लो आवको तुलनामा ०.६७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको साउनमा १ खर्ब २९ अर्ब २३ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।  

विभागका अनुसार गत साउनमा भारतसँग सबैभन्दा धेर्रै व्यापार घाटा भएको छ । भारसँग मात्रै ७० अर्ब १० करोड ४२ लाखबराबरको व्यापार घाटा भएको छ । साउनमा भारतबाट ७७ अर्ब ६८ करोड ३१ लाख बराबरको वस्तु आयात र ७ अर्ब ५७ करोड ८८ लाख रुपैयाँको वस्तु निर्यात भएको तथ्यांकले देखाएको छ । नेपालले भारतपछि चीनसँग सबेभन्दा धेरै घाटा व्यहोरेको छ । चीनसँग नेपालले २४ अर्ब ३८ करोड ४७ लाख रुपैयाँ बराबर व्यापार घाटा व्यहोरेको छ । साउनमा चीनबाट २४ अर्ब ५४ करोड २३ लाखको आयात हुँदा १५ करोड ७६ लाख बराबरको मात्रै निर्यात भएको छ ।  

यस्तै कतारसँग २ अर्ब ९१ करोड रुपैयाँ, युक्रेन २ अर्ब ३० करोड, अस्ट्रेलियासँग १ अर्ब ९२ करोड रुपैयाँ र बहराइनसँग १ अर्ब ५५ करोड रुपैयाँ व्यापार घाटा भएको छ ।  

चालु आर्थिक वर्षको साउनमा अन्य मुलुकसहित १ सय २ मुलुकसँग व्यापार गर्दा १३ मुलुकसँग मात्रै नाफा रहेको विभागले बताएको छ । साउनमा सबैभन्दा धेरै संयुक्त अधिराज्यसँग १८ करोड ३४ लाख ६६ हजार रुपैयाँ व्यापार नाफा देखिएको छ । अफगानिस्तानसँग १० करोड ७८ लाख र बेल्जियमसँग २ करोड ५१ लाख रुपैयाँले व्यापार नाफा देखिएको छ ।

निर्यातमा करिब १० प्रतिशतले गिरावट हुँदा आयात–निर्यात अनुपात पनि ९.५५ प्रतिशतबाट १०.५ प्रतिशत पुगेको छ । यस्तै वैदेशिक व्यापारमा निर्यातको हिस्सा ९.७८ प्रतिशतबाट घटेर ८.७० प्रतिशतमा झरेको छ । यस्तै आयातको हिस्सा ९०.५२ प्रतिशतबाट वृद्धि भई ९१.३० प्रतिशत पुगेको छ ।

आयात र निर्यात दुवैमा संकुचन आएपनि भन्सार राजश्व भने बढेको छ । साउनमा ३४ अर्ब ४६ करोड ९७ लाख रुपैयाँ राजस्व संकलन भएको छ । जुन गत वर्षको तुलनामा राजस्वमा ६.५९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको साउनमा ३२ अर्ब ३३ करोड ७३ लाख भन्सार राजश्व संकलन भएको थियो ।  

नेपालले साउन पेट्रोलियम पदार्थ, फलामजन्य वस्तु, स्मार्टफोन, कच्चा सूर्यमुखी तेललगायतका वस्तुहरु सर्वाधिक आयात गरेको छ  । साउनमा ६ अर्ब ९८ करोड ७१ लाख बराबरको डिजेल, ५ अर्ब ६९ करोड ३५ लाख बराबरको पेट्रोल, ४ अर्ब २७ करोड ७७ लाखको युरिया मल, ३ अर्ब ७२ करोड ७२ लाखको फलामको उत्पादन, ३ अर्ब रुपैयाँको ३ मिमिभन्दा कम मोटाइको फलाम र २ अर्ब ६३ करोड १९ लाख रुपैयाँको कच्चा सूयमुखी तेलर ४ अर्ब ८२ करोड ६६ लाख बराबरको खाना पकाउने ग्यास आयात भएको विभागले जनाएको छ ।  

यस्तै सर्वाधिक निर्यात हुने वस्तुहरुमा गलैंचा, धागो, कालो चिया, फलाम तथा स्टिल, तोरी तथा रायोको पिना रहेका छन् । साउनमा एक अर्ब ११ करोड ७५ लाख बराबरको गलैंचा निर्यात भएको छ । यस्तै ५८ करोड २० लाख रुपैयाँको धागो, ५१ करोड ३२ लाख रुपैयाँको कालो चिया र ४७ करोड ९७ लाख रुपैयाँको ६ सय मिमि मोटाइको फलाम तथा स्टिल निर्यात भएको हो ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.