शनिबार, श्रावण ३०,२०८३ 08:11:52
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 08:11:52
Bizshala
Global IME Bank Limited

बोलिङ्गरको मध्य ब्याण्डबाट तल खस्यो बजार, कति–कतिमा छ बलियो सपोर्ट ?

Prabhu Bank Limited
बोलिङ्गरको मध्य ब्याण्डबाट तल खस्यो बजार, कति–कतिमा छ बलियो सपोर्ट ?
New Office

काठमाण्डौ । आज सेयर बजार दिनभरजसो उच्च उतारचढावपूर्ण रह्यो । आज नेप्से १ सय ११ अंकले घट्दा १८ अर्ब ६५ करोडबराबरको कारोबार भयो । प्राविधिक रुपमा आजको बजारलाई डेली बेसमा नियाल्दा बोलिङगरको मध्य ब्याण्डबाट तल खसेको छ ।  

योसँगै आज बजारमा बियरिस मारुबुजु क्याण्डल बनेको छ । यसले आगामी दिनमा पनि थप बिक्री दवाव आउन सक्ने बुझिन्छ । म्याक्डीमार्फत बजारलाई नियाल्दा यस अघिनै वियरिस क्रसओभर बनेको छ । आरएसआई तथा मनी फ्लो इन्डेक्सबाट नियाल्दा बजार ओभर बट जोनबाट तल खसेर करिब न्यूट्रल जोनमा पुगेको छ ।  

CG Motors

समग्रमा सबै इन्डिकेटरमार्फत बजारलाई नियाल्दा तीव्र नाफा बुक रहेको देखिन्छ । साप्ताहिक रुपमा हेर्दा पनि बजारले आज इभिनिङ स्टार बनाएको छ । आज २७८२ को विन्दुमा बन्द भएको बजारले अब नजिकको सपोर्ट २७४६ विन्दु आसपास लिन सक्छ ।  

यदि बजार त्यहाँबाट पनि तल खसेको अवस्थामा २७०८ को विन्दुमा बलियो सपोर्ट लिन सक्छ । हालको करेक्सन अधिक करेक्सन आएको खण्डमा २५७५ देखि २६ सय विन्दुसम्म हुन सक्छ । तर यस बीचमा भने बजारले कुनै पनि विन्दुबाट बाउन्स लिन पनि सक्छ । जुन अल्पकालिन पनि हुन सक्छ । यदि आगामी दिनमा बजार बढेमा भने बजारले २८६० र २९५० विन्दुमा प्रतिरोध सामना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.