सोमबार, श्रावण ५,२०८२ 04:46:39
  • सोमबार, श्रावण ५,२०८२ 04:46:39
Global IME Bank Limited

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको अध्यक्ष तथा सञ्चालकमा राजा अर्याल

Hyundai Nepal
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको अध्यक्ष तथा सञ्चालकमा राजा अर्याल
Shivam Cement

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष तथा सञ्चालकमा राजा अर्याल चयन भएका छन् ।  

संस्थाको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले अर्याललाई सञ्चालक नियुक्त गरेको हो । उनलाई ग्लोबल आइएमई बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालक सुरेन्द्र रेग्मीको सट्टामा प्रतिनिधिको रुपमा पठाइएकोमा बाँकी अवधकिा लागि सञ्चालक नियुक्त गरिएको संस्थाले जनाएको छ ।  

साथै, अर्याललाई भदौ १२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सर्वसम्मत रुपमा अध्यक्ष चयन गर्ने निर्णय गरेको छ । 

अर्यालसँग २० वर्षको बैंकिङ अनुभव रहेको छ। ग्लोबल आईएमई बैंकमा विगत १७ वर्षदेखि सीएफओ, प्रमुख अनुपालन अधिकृत, प्रमुख–रिकभरी विभाग, क्रेडिट प्रबन्धक र अन्य बैंकिङ गतिविधिको रूपमा काम गरेको अनुभव उनीसँग छ। अर्यालले स्वर्ण पदकसहित पोखरा विश्वविद्यालयबाट एमबीए गरेका छन् ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.