बुधबार, आश्विन १४,२०८३ 11:56:30
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 11:56:30
Bizshala
Global IME Bank Limited

आज अधिकांश एशियाली सेयर बजारको खराब सुरुवात

Bizshala
आज अधिकांश एशियाली सेयर बजारको खराब सुरुवात
New Office

काठमाण्डौ । आज एशियाका अधिकांश सेयर बजारले गिरावटका साथ कारोबारको सुरुवात गरेका छन् । एनभिडियाले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेसँगै दक्षिण कोरिया र ताइवानको इन्डेक्समा दबाब परेको छ ।  

एनभिडियाले दोस्रो त्रैमाससम्म ३० अर्ब डलर आम्दानी गरेको छ । जुन अघिल्लो त्रैमासको तुलनामा १५ प्रतिशत र एक वर्षको तुलनामा १२२ प्रतिशतले बढी हो । यस्तै कम्पनीले ५० अर्ब डलरबराबरको सेयर बाईब्याक गर्ने समेत घोषणा गरेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

एनभिडियाको वित्तीय प्रतिवेदन सार्वजनिक भएसँगै ताइवानको  सेयर बजार १.१४ प्रतिशतले घटेको छ । ताइवान सेमीकन्डक्टर उत्पादक कम्पनीको सेयरमूल्य २.०७ प्रतिशतले घटेको छ ।  

यस्तै जापानको निक्की२२५ इन्डेक्स पनि ०.३९ प्रतिशतले ओरालो लागेको छ । टोपिक्स पनि ०.२४ प्रतिशतले घटेको छ ।  

अष्ट्रेलियाको एस एण्ड पी÷एएसएक्स२०० पनि ०.६७ प्रतिशत,हङकङको हाङसेङ इन्डेक्स ०.४ र चीनको सीएसआई३०० सूचक ०.३१ प्रतिशतले घटेका छन् ।  

अमेरिकाको नास्डक कम्पोजिट पनि १.१२ र एस एण्ड पी५०० ०.६ प्रतिशतले झरेका छन् ।  भारतको सेयर बजार मापक इन्डेक्स सेन्सेक्स पनि ५८ अंक र निफ्टी १२ अंकले घटेर कारोबार गरिरहेका छन् । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.