बिहीबार, कार्तिक ८,२०८१ 02:21:34
IME remit
  • बिहीबार, कार्तिक ८,२०८१ 02:21:34
IME remit
Global IME Bank Limited

लुम्बिनी प्रदेश सरकारसँग बीमासम्बन्धी छलफल तथा अन्तरक्रिया

Hyundai Nepal
लुम्बिनी प्रदेश सरकारसँग बीमासम्बन्धी छलफल तथा अन्तरक्रिया
Nabil Bank Limited

काठमाण्डौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यमा लुम्बिनी प्रदेशको राप्ती उपत्यकामा ‘प्रदेश सरकारसँग नेपाल बीमा प्राधिकरण’विषयक छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारूले प्रदेश सरकारले नेपाल बीमा प्राधिकरणसँग समन्वय गरेर‘प्रदेश बीमा नीति’ल्याउने जानकारी दिए ।

Bizshala
Shivam Cement
CG Motors

उनले कृषि तथा पशुपन्छी बीमा र स्वास्थ्य बीमामा समस्या रहेको उल्लेख गर्दै बीमा दाबी भुक्तानीलाई सरल र छिटो छरितो तुल्याउन प्राधिकरणले सहजीकरण गर्नुपर्ने आवश्यकता औंल्याए ।

लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव महादेव पन्थले नागरिकले बीमा सेवा सुविधा सजिलै प्राप्त गरेमा बीमाप्रतिको विश्वास बढ्ने भएकाले बीमा कम्पनीहरूले त्यसतर्फ ध्यान दिनुपर्ने र बीमा दाबी भुक्तानी समयमै दिनुपर्ने बताए ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको विकास एवम् विस्तारमा प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्न प्राधिकरण तयार रहेको उल्लेख गर्दै नागरिकको हितलाई ध्यानमा राखेर सामूहिक दुर्घटना बीमा र घर बीमा गर्न प्रदेश सरकारलाई सुझाव दिए ।

अध्यक्ष सिलवालले बीमाबाट हुने फाइदाका बारेमा बुझेर ‘प्रदेश बीमा नीति’निर्माणमा लाग्न आग्रह गर्दै विपद्लाई बीमासँग जोडेर काम गर्दा बढी आर्थिक सुरक्षण प्रदान गर्न सकिने भएकाले त्यस कार्यमा सहयोग गर्न प्राधिकरण तयार रहेको बताए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले प्राधिकरणको काम, कर्तव्य र अधिकार, बीमाको महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया, बीमा क्षेत्रको विद्यमान अवस्था र बीमाको विकास एवम् विस्तारमा प्रदेश सरकारको भूमिका सम्बन्धी प्रस्तुती गरेका थिए ।  

कार्यक्रममा सहभागीहरूले बीमितले समयमैं दाबी भुक्तानी नपाएको, दाबी भुक्तानी प्रक्रिया झन्झटिलो रहेको, जीवन बीमा नवीकरण गर्न ढिला भएमा कम्पनीले धेरै ब्याज लिने गरेको, विदेशी बीमा कम्पनीमा बीमा गर्ने प्रचलन अझै पनि नहटेको लगायतका जिज्ञासाहरू राखेका थिए ।  

बीमा अभिकर्तालाई बढी जिम्मेवार बनाउनुपर्ने र कृषि तथा पशुपन्छी बीमालाई प्राथमिकतामा राखी कार्य गर्नुपर्ने आवश्यकता उनीहरुले औंल्याएका थिए ।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.