बुधबार, माघ ९,२०८१ 03:50:27
IME remit
  • बुधबार, माघ ९,२०८१ 03:50:27
IME remit
Global IME Bank Limited

सानिमा रिलायन्स लाइफद्वारा नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७५ रुपैयाँसम्म प्रदान गरिने

Hyundai Nepal
सानिमा रिलायन्स लाइफद्वारा नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७५ रुपैयाँसम्म प्रदान गरिने
Nabil Bank Limited

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९÷८० का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ । कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम १९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ।  

कम्पनीले सावधिक जीवन बीमा योजना(रेगुलर) (सरल, बालश्री र सानिमा बाल सौगात)अन्तर्गत ९ वर्षे अवधिका लागि ३५ रुपैयाँ,१० देखि १४ वर्षका लागि ३५ रुपैयाँ,१५ देखि १९ वर्षका लागि ४० रुपैयाँ,२० देखि २४ वर्षका लागि ४५ रुपैयाँ र २५ देखि माथिका वर्षका लागि ७० रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।  

यस्तै सावधिक जीवन बीमा योजना(एकल) अन्तर्गत ९ वर्ष अवधिका लागि ३५ रुपैयाँ,१० देखि १४ वर्षका लागि ३५ रुपैयाँ,१५ देखि १९ वर्षका लागि ३८ रुपैयाँ,२० देखि २४ वर्षका लागि ४३ रुपैयाँ, २५ देखि माथिका लागि ६५ रुपैयाँ बोनस प्रदान गरिने कम्पनीले जनाएको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

यसैगरी त्रिपल सावधिक बीमा अन्तर्गत १० देखि १४ वर्षका लागि २० रुपैयाँ,१५ देखि १९ वर्षका लागि २० रुपैयाँ,२० देखि २४ वर्षका लागि २५ रुपैयाँ, २५ देखि माथिका लागि ३० रुपैयाँ बोनसदर तोकिएको छ ।  

दम्पत्ति सावधिक बीमा योजना अन्तर्गत १५ देखि १९ वर्षका लागि २० रुपैयाँ,२० देखि २४ वर्षका लागि २५ रुपैयाँ, २५ देखि माथिका लागि ३० रुपैयाँ बोनस प्रदान गरिने कम्पनीले जनाएको छ ।  

सावधिक तथा आजीवन बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि ३५ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३५ रुपैयाँ,१५ देखि १९ वर्षका लागि ४० रुपैयाँ,२० देखि २४ वर्षका लागि ४५ रुपैयाँ र २५ देखि माथिका वर्षका लागि ७० रुपैयाँ बोनसको बोनसको व्यवस्था गरिएको छ ।  

यस्तै अग्रिम भुक्तानी योजना अन्तर्गत १० देखि १४ वर्षका लागि ३२ रुपैयाँ,१५ देखि १९ वर्षका लागि ३७ रुपैयाँ र २० देखि २४ वर्षका लागि ४२ रुपैयाँ बोनस निर्धारण गरिएको छ ।  

कम्पनीले वार्षिक अग्रिम भुक्तानी योजना अन्तर्गत १५ देखि १९ वर्ष अवधिका लागि १९ रुपैयाँ र २० वर्ष २४ वर्षका लागि २१ रुपैयाँ बोनददर तोकेको छ । यस्तै मुद्दती सुरक्षण बीमा योजना–नियमति शुल्क अन्तर्गत सम्पूर्ण बीमा अवधिका लागि २४ रुपैयाँ, मुद्दती सुरक्षण बीमा योजना एकल शुल्क अन्तर्गत सम्पूर्ण बीमा अवधिका लागि ५४ रुपैयाँ, १५ वर्षे अग्रिम भुक्तानी योजना अन्तर्गत सम्पूर्ण बीमा अवधिका लागि ४१ रुपैयाँ, २० वर्षे अग्रिम भुक्तानी योजना अन्तर्गत सम्पूर्ण बीमा अवधिका लागि ४५ रुपैयाँ, रुपान्तरीत वार्षिक अग्रिम भुक्तानी अन्तर्गत सम्पूर्ण बीमा अवधिका लागि ३० रुपैयाँ, सामूहिक सावधिक अन्तर्गत सम्पूर्ण बीमा अवधिका लागि १९ रुपैयाँ, सावधिक तथा आजीवन बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि ३० रुपैयाँ, १० देखि १४ वर्षे अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ,२० देखि २४ वर्षका लागि ४५ रुपैयाँ र २५ देखि माथिका लागि ६० रुपैयाँ बोनसको व्यवस्था गरिएको छ ।  

 सावधिक जीवन बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि ३० रुपैयाँ, १० देखि १४ वर्षे अवधिका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३५ रुपैयाँ,२० देखि २४ वर्षका लागि ४५ रुपैयाँ र २५ देखि माथिका लागि ७५ रुपैयाँ बोनस दिइनेछ ।  

यस्तै सीमित भुक्तानी सावधिक बीमालेख अन्तर्गत १० देखि १४ वर्षे अवधिका लागि ४० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४२ रुपैयाँ,२० देखि २४ वर्षका लागि ५२ रुपैयाँ र २५ देखि माथिका लागि ६५ रुपैयाँ बोनसको व्यवस्था गरिएको छ ।  

उल्लेखित बोनसदर मृत्यु दाबी, समर्पण दाबी, पूर्ण वा आंशिक,चुक्ता मूल्य दाबी, अवधि भुक्तानी दाबी र चालू बीमालेखहरुमा लागु हुने कम्पनीले जनाएको छ । साथै अर्को बीमाङ्कीय मूल्याङ्कन अनुसार समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दाबीहरुमा समेत सोही बोनसदर लागु हुने कम्पनीले जनाएको छ । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.