शनिबार, फाल्गुन १०,२०८१ 09:54:01
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:54:01
IME remit
Global IME Bank Limited

झरीसँगै झर्यो सेयर बजार, लगानीकर्ता भने चमक फर्कनेमा ढुक्क

Hyundai Nepal
झरीसँगै झर्यो सेयर बजार, लगानीकर्ता भने चमक फर्कनेमा ढुक्क
Nabil Bank Limited

काठमाण्डौ । नियमित स्तम्भ ग्राउण्ड जिरोलाई आज पनि हामीले निरन्तरता दिएका छौं । यसै क्रममा आज हामी त्रिपुरेश्वर, सुन्धारा आसपासका ब्रोकर हाउसहरुमा पुगेका थियौं । आज राजधानीमा दिनभर जसो झरी परेको थियो । झरी जस्तै आज सेयर बजार पनि एकोहोरो झरेको थियो ।  

बिहानी सुरुवाती कारोबारका क्रममा बजार केही अंकले बढेको थियो । तर त्यो बढाई लामो सयमसम्म भने टिक्न सकेन । बजारमा बिस्तारै बिक्री दबाब पर्न थाल्यो र परिसूचक घट्न थाल्यो ।  

आज सबैभन्दा पहिले हामी त्रिपुरेश्वरमा रहेको इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल (स्टक ब्रोकर नम्बर ५३) मा पुग्यौं । ब्रोकर हाउसमा लगानीकर्ताहरुको उपस्थिति खासै थिएन । उपस्थित लगानीकर्तामा पनि उत्साह थिएन । बजार र ब्रोकर हाउसको चहलपहल दुवैमा कमी देखिन्थ्यो । लगानीकर्ता बजारको घटाईको विश्लेषण गर्दै थिए । एक लगानीकर्ताले कारोबार तथा भोल्युम घट्दै गएकाले बजार दशैं अघि एकपटक फर्कन सक्ने आँकलन गरे ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

दशैं आउन निकै समय छ । त्यो भन्दा पहिले त बजार एकपटक अवश्य फर्कन्छ नै,’ ती लगानीकर्ताले ढुक्क हुँदै भने । ती लगानीकर्ताले बजार फर्कने झिनो आशा व्यक्त गर्दै गर्दा बजार भने एकहोरो घटिरहेको थियो । यहाँबाट हामी नजिकैको सेवा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५४) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताको उपस्थिति शुन्य प्रायः थियो । यहाँ एक दुई नयाँ लगानीकर्ता मात्रै देखिन्थे भने डिस्प्ले बन्द नै थियो ।  

केही समय यहाँ व्यतित गरेपछि यहाँबाट हामी सुन्धारास्थित सुन्धारा (सेक्युरिटिज स्टक ब्रोकर नम्बर ५२) मा पुग्यौं । यस बेलासम्म दिनको साढे १२ बजिसकेको थियो । बजार सामान्य अंकले तल–माथि गर्दै थियो । यस ब्रोकरमा भने लगानीकर्ताहरुको उपस्थि ठीकै देखिन्थ्यो । तर पहिले बजार बढ्दा जसरी आज कुनै पनि ब्रोकर हाउमा लगानीकर्ताहरु देखिएनन् । ‘अहिलेसम्म जम्मा साढे २ अर्बको कारोबार भयो । आज १० अर्ब हाराहारीको कारोबार हुने भयो । भोल्युम ड्राई भयो भने त बजार फर्कन्छ’ एक लगानीकर्ताले वार्तालापको क्रममा भनेको सुनियो ।  

यसै ब्रोकरमा भेटिएका अर्का एक लगानीकर्ताले भने आज केही सेयरमा स्टप लस गर्न बाध्य बनेको बताए । ती लागनीकर्ताले भने, ‘बढ्दो बजारमा केही बढी सेयर किनिएछ । हिसाब मिलाउनै पर्यो । आज स्टप लस गरियो ।’ उनले सेयर बजारबाट पैसा कमाउन त्यति सजिलो नभएको स्विकार्दै यस क्षेत्रमा धेरै अध्ययन र ज्ञान आवश्यक पर्ने औंल्याए ।  

‘बजार यस्तै हो । म भने यो क्षेत्रको खेलाडी हो । म ५२ साल देखिको खेलाडी हो । सेयर बजारबाट नै घर गाडी जोडियो । कहिले नाफा हुन्छ, कहिले घाटा हुन्छ । सेयर बजार यस्तै हो,’ उनले भने । यसै ब्रोकरमा भेटिएका अर्को एक लगानीकर्ताले अहिले सेयर बेच्ने तत्कालै बजार नफर्कने तर बजारै छाडेर पनि नजाने दाबी गरे । ती लगानीकर्ताले भने, ‘ढिलो चाँडो बजार अवश्य फर्कन्छ ।’

ब्रोकर हाउसमा यस्तै गल्फति चल्दै थिए । हामी भने अर्को ब्रोकर हाउस नासा सेक्युरिटिज (.स्टक ब्रोकर नम्बर ५८) मा पुग्यौं । यहाँ पनि अन्य दिन जस्तो लगानीकर्ताको उपस्थिति थिएन । भेला भएका केही लगानीकर्ताहरुको मुहारमा चमक हराएको थियो । बजार एकहोरो ओरालो लागिरहेको थियो । यतिकैमा भीडबाट एक लगानीकर्ताले निराश हुँदै भने, ‘होइन यो बजार चट्टै छाडेर हिडौ जस्तो पो भो त । घट्न पनि कति सकेको ?’ आज ब्रोकर हाउसमा भेटिएका केही लगानीकर्ताहरु निराश र केही आशाबादी देखिन्थे । केही लगानीकर्ताले अब दशैंपछि बजारले अल टाइम हाईको उचाई ब्रेक गर्नेमा विश्वस्त देखिन्थे ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.