काठमाण्डौ । दक्षिण कोरियामा महङ्गी साढे ३ वर्षकै न्यून स्तरमा झरेको छ । अगस्ट महिनामा दक्षिण कोरियाको उपभोक्ता मुद्रास्फितिदर २ प्रतिशतमा झरेको छ । यो सन् २०२१ मार्च पछिकै न्यून हो ।
जुलाई महिनामा भने दक्षिण कोरियाको मुद्रास्फितिदर २.६ प्रतिशत थियो । मौसम र विश्व बजारमा तेलको मूल्यमा कुनै परिवर्तन नभए उपभोक्ता मुद्रास्फिति २ प्रतिशतभन्दा तल झर्न सक्ने कोरियाका उप–वित्तमनत्री किम बियाम सियोकले बताए ।
गत महिना दक्षिण कारियाको केन्द्रीय बैंक, ‘बैंक अफ कोरिया’ले ब्याजदर स्थिर राख्ने निर्णय गरेको थियो ।