बिहीबार, असार १२,२०८२ 06:11:46
  • बिहीबार, असार १२,२०८२ 06:11:46
Global IME Bank Limited

ङादी ग्रुप पावरको साधारण सभा असोजमा, हकप्रद र मर्जर मुख्य अजेण्डा

Hyundai Nepal
ङादी ग्रुप पावरको साधारण सभा असोजमा, हकप्रद र मर्जर मुख्य अजेण्डा
Nabil Bank Limited

काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले आगामी असोज महिनामा वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले असोजमा ११ औं साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

कम्पनीको उक्त सभा असोज १३ गते आइतबारका दिन काठमाण्डौको धुम्वाराही चोकमा रहेको लर्ड पार्टी भेन्यूमा बिहान ९ बजोदेखि सञ्चालन हुनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

उक्त बैठकमा हकप्रद सेयर निष्काशन गर्ने, लगानीको प्रस्ताव, कम्पनीको प्रबन्धपत्र, नियमावली संसोधन गर्ने, गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने, कम्पनीको प्रबन्धपत्र, नियमावलीमा नियामक निकायबाट कुनै फेरबदल, संसोधन, थपघट गर्नुपर्ने सुझाव प्राप्त भएमा तथा कम्पनी गाभ्ने/गाभीने तथा प्राप्ती गर्ने सम्वन्धमा आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितीलाई अख्तियारी दिने प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, आव २०८०/८१ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने, आव २०८१/८२ को लेखा परिक्षण गर्न लेखा परिक्षकको नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने र आव २०८०/८१ मा सञ्चालक समितिबाट भएका निर्णयहरु अनुमोदन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ ३१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ भदौ ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्र कम्पनीको सभामा भाग लिन सक्ने छन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.