शुक्रबार, श्रावण १५,२०८३ 01:45:50
Bizshala
  • शुक्रबार, श्रावण १५,२०८३ 01:45:50
Bizshala
Global IME Bank Limited

समृद्धि फाइनान्सका ग्राहकले प्राउड नेपाल आईटी सप्लायर्समा १ वर्षसम्म छुट पाउने

समृद्धि फाइनान्सका ग्राहकले प्राउड नेपाल आईटी सप्लायर्समा १ वर्षसम्म छुट पाउने
New Office

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनि लिमिटेडले माघ २५ गते प्राउड नेपाल आईटी सप्लायर्स प्रालिसँंग समझदारी गरेको छ ।  

उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरुले मिति माघ २६ गतेदेखि २०८१ माघ २५ गते सम्म अर्थात एक वर्षसम्म समृद्धि मोबाइल बैकिङ्ग, डेविड कार्ड तथा क्युआर प्रयोग गरी उक्त सप्लायर्समा नयाँ कम्पुटर, ल्यापटप तथा अन्य आईटी सम्बन्धित वस्तु खरिद गर्दा तथा मर्मत संम्भार गर्दा भारी छुट पाउने छन् ।

यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वितहुने विश्वास फाइनान्सले लिएको छ । सो समझदारीपत्रमा फाइनान्स कम्पनीका तर्फबाट उप–प्रमुख कार्यकारी अधिकृत गोकण प्रसाद दुवाडी र प्राउड नेपालका तर्फबाट संस्थापक श्याम रेग्मीले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ ।

फाइनान्सका सम्पुर्ण ग्राहकहरुले प्राउड नेपालआईटि सप्लायर्समा मर्मत संम्भारमा १५% र कुनै पनि ब्रान्डका नयाँ कम्पुटर, ल्यापटप तथा अन्य आईटी सम्बन्धि वस्तु खरिद गर्दा १% छुट  प्राप्त गर्नेछन् ।

फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोडजस्ताडिजिटल सुविधाहरु  प्रदान गरिरहेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.