आईतवार, फाल्गुन ११,२०८१ 03:01:28
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 03:01:28
IME remit
Global IME Bank Limited

दुर्घटना बीमा निर्देशिका संशोधन, के–के भए थपघट ?

Hyundai Nepal
दुर्घटना बीमा निर्देशिका संशोधन, के–के भए थपघट ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले दुर्घटना बीमा निर्देशिका, २०७८ संशोधन गरेको छ । प्राधिकरणले समयसापेक्ष संधोधन गर्न वाञ्छनीय भएकाले बीमा ऐन, २०७९ को दफा १७० ले दिएको अधिकार प्रयोग गरी दुर्घटना बीमा निर्देशिका संशोधन गरेको हो ।  

प्राधिकरणले संशोधित निर्देशिकाअन्तर्गत सामूहिक दुर्घटनाको बीमादर, औषधी उपचार खर्च, दाबी भुक्तानी जस्ता निर्देशनहरु संशोधन वा थप गरेको छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

प्राधिकरणले दुर्घटना बीमा निर्देशिका, २०७८ को दफा १६ मा उपदफा (३)थप गरी सामूहिक दुर्घटना बीमादर, औषधी उपचार सम्बन्धी निर्देशन थप गरेको छ भने दाबी भुक्तानी र विवाद समाधान जस्ता निर्देशन हटाएको छ ।  

सामूहिक दुर्घटना बीमा अन्तर्गत जारी गरिने बीमालेखमा बीमा अभिकर्ताको प्रयोग नगरी प्रत्यक्ष बीमालेख बिक्री गरिएको अवस्थामा हुलदङ्गा तथा आतङ्कवाद जोखिमको बीमाशुल्क बाहेक अन्य बीमाशुल्कमा बढीमा अभिकर्ता कमिशन बराबरको रकम वा पाँच प्रतिशत रकम छुट प्रदान गर्न यस दफाले बाधा पुर्याएको नमान्ने प्राधिकरणले जनाएको छ ।  

त्यस्तै, दुर्घटनाको कारणबाट बीमितको औषधीउपचार गर्दा खर्च भएमा बीमा कम्पनीले बीमाङ्क रकम वा १ लाख रुपैयाँ वा बिल भर्पाइ जुन कम हुन्छ सो अनुसार सोधभर्ना दिनुपर्ने प्राधिकरणले जनाएको छ ।  

औषधी उपचार वापत दिइएको सोधभर्ना रकम बीमाङ्क रकममा थप हुनेछ र निर्देशिका बमोजिम उपचार गराउँदा गराउँदैको अवस्थामा बीमितको मृत्यु भएमा समेत सो बराबरको रकम सक्कल बिल भराई बमोजिम बीमकले सोधभर्ना दिनुपर्नेछ ।  

प्राधिकरणले दुर्घटना बीमा निर्देशिका, २०७८ को दफा २० को देहाय बमोजिमको उपदफा(१) हटाएको छ । जसमा उल्लेख भएको बीमादर हुलदंगा तथा आतंकवाद जोखिम समूह लगायत सबै जोखिमहरुको लागि लाग्ने एकमुष्ट बीमादर हुनेछ र बीमकले हुलदंगा तथा जोखिम आतंकवाद जोखिम समूहको जोखिम नसमेटिने गरी बीमालेख जारी गर्न पाउने छैन भन्ने निर्देशन रहेको थियो ।  

त्यस्तै, बीमा कम्पनीले बीमाङ्क रकम भन्दा बढी हुनेगरी दाबी भुक्तानी नगर्ने संशोधित निर्देशिकामा उल्लेख छ । यसका साथै बीमा कम्पनीहरुले बीमालेखको नमूना वेबसाइटमा राख्नुपर्ने व्यवस्था पनि हटाएको छ ।  

बीमित वा बीमालेख धारक बाहेक अन्य पक्षलाई दाबी वापतको रकम भुक्तानी गर्न आँटेमा वा भुक्तानी गरेमा भन्ने विवाद समेत संशोधित निर्देशिकामा समाधान गरेको छ । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.