मंगलवार, आश्विन १,२०८१ 01:06:54
IME remit
  • मंगलवार, आश्विन १,२०८१ 01:06:54
IME remit
Global IME Bank Limited

अन्ततः हट्यो टिकटकमाथिको प्रतिबन्ध

Hyundai Nepal
अन्ततः हट्यो टिकटकमाथिको प्रतिबन्ध
Nabil Bank Limited

काठमाण्डौ । नेपालमा टिकटकमाथिको प्रतिबन्ध हटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै भदौ ६ गते मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको हो ।

‘नेपाल सरकार, मन्त्रिपरिषद्को गत भदौ ६ गतेको बैठकबाट सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय भएको हुँदा अर्को निर्णय नहुँदासम्मको लागि टिकटकमा लगाइएको रोक हटाउन दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायकहरु र मोबाइल सेवा प्रदायकहरुलाई प्राधिकरणबाट निर्देशन जारी गरिएको छ,’ प्राधिकरणद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

नेपाल सरकारले शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि ३ जना प्रतिनिधि सम्मिलित टिकटकका पदाधिकारी केही समयअघि नेपाल आएका थिए । सिंगापुरस्थित कार्यालयबाट आएका उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुका बारेमा छलफल गरेका थिए । उक्त अवसरमा उनीहरुले नेपाल सरकारले टिकटक खुलाउन राखेका शर्तहरु पुरा गर्ने प्रतिवद्धता पत्र तुरुन्तै दिन सकिने बताएका थिए ।  

सरकाररले २०८० कात्तिक २७ गते टिकटक बन्द गरेको थियो । त्यसको ९ महिनापछि गत ६ भदौमा सरकारले शर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटाएको थियो । 

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X