शनिबार, असार १४,२०८२ 09:01:59
  • शनिबार, असार १४,२०८२ 09:01:59
Global IME Bank Limited

सम्पत्ति बीमा निर्देशिका संशोधन, हाइड्रो कम्पनीहरुका लागि बीमाशुल्क दर हेरफेर

Hyundai Nepal
सम्पत्ति बीमा निर्देशिका संशोधन, हाइड्रो कम्पनीहरुका लागि बीमाशुल्क दर हेरफेर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले सम्पत्ति बीमा निर्देशिका, २०८० संशोधन गरेको छ । प्राधिकरणले समयसापेक्ष संशोधन गर्न वाञ्छनीय भएकोले बीमा ऐन, २०७९ को दफा १७० ले दिएको अधिकार प्रयोग गरी सम्पत्ति बीमा निर्देशिका संशोधन गरेको हो ।  

प्राधिकरणले सम्पत्ति बीमा निर्देशिका, २०८० को अनुसूची १५ मा रहेको निर्देशन संशोधन गरेको छ । जसमा हाइड्रोपावर क्षेत्रको अनुसाङगिक क्षति ९कन्सिक्वेन्सियल लस० बीमा अन्तर्गत प्राधिकरणले बीमाशुल्क रकम हेरफेर गरेको छ ।  

यसका साथै यसअघिको निर्देशनबमोजिम हुलदंगा, आतंकवाद, द्धेषपूर्ण कार्य (प्रतिहजार)पुनर्बीमकको दररेट राखिएकोमा उक्त व्यवस्था प्राधिकरणले हटाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै प्राधिकरणले अनुसाङगिक क्षति बीमा अन्तर्गत बीमाशुल्क रकम समेत परिवर्तन गरेको छ । हाइड्रो कम्पनीहरुले कन्सिक्वेन्सियल लस बीमा अन्तर्गत तिर्ने बीमाशुल्क रकम घटेको छ ।  

यसअघि हाइड्रो कम्पनीहरुले ३ महिनासम्म सम्पत्ति बीमादरको १२५ प्रतिशत अर्थात् प्रतिहजार १ लाख १२ हजार रुपैयाँ बीमाशुल्क भुक्तानी गर्नुपर्ने व्यवस्था रहेकोमा प्राधिकरणले घटाएर १ लाख रुपैयाँ कायम गरेको छ ।  

साथै ६ महिनासम्म सम्पत्ति बीमादरको २०० प्रतिशत अर्थात् प्रतिहजार बीमाशुल्क रकम १ लाख ७२ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने व्यवस्था रहेकोमा अब १ लाख ६० हजार रुपैयाँ भुक्तानी गर्नुपर्नेछ । त्यस्तै, ९ महिना सम्म सम्पत्ति बीमादरको २५० प्रतिशत अर्थात् प्रतिहजार २ लाख २० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने व्यवस्था रहेकोमा अब २ लाख रुपैयाँ मात्रै भुक्तानी गुर्नपर्नेछ ।  

यसका साथै १२ महिना अर्थात् एक वर्षसम्म सम्पत्ति बीमादरको ३०० प्रतिशत अर्थात् प्रतिहजार बीमाशुल्क २ लाख ६० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने व्यवस्थालाई परिमार्जन गरी २ लाख ४० हजार रुपैयाँ कायम गरेको छ ।  

प्राधिकरणले सम्पत्ति बीमा निर्देशन संशोधन गरेपश्चात् अब हाइड्रो कम्पनीहरुले अनुसाङगिक क्षति बीमा अन्तर्गत कुल बीमाशुल्क ३ महिनासम्म सम्पत्ति बीमादरको १२५ प्रतिशत अर्थात् ५ लाख रुपैयाँ भुक्तानी गर्नुपर्नेछ ।  

त्यस्तै, ६ महिनासम्म २०० प्रतिशत अर्थात ५ लाख ६० हजार, ९ महिनासम्म सम्पत्ति बीमादरको २५० प्रतिशत अर्थात् ६ लाख रुपैयाँ र १२ महिनासम्म सम्पत्ति बीमादरको ३०० प्रतिशत अर्थात् ६ लाख ४० हजार रुपैयाा कुल बीमाशुल्क भुक्तानी गर्नुपर्नेछ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.