मंगलवार, आश्विन १,२०८१ 01:05:56
IME remit
  • मंगलवार, आश्विन १,२०८१ 01:05:56
IME remit
Global IME Bank Limited

एनसेलले ल्यायो नयाँ टिकटक प्याक, रु.१७५ मा सातदिने अनलिमीटेड सुविधा

Hyundai Nepal
एनसेलले ल्यायो नयाँ टिकटक प्याक, रु.१७५ मा सातदिने अनलिमीटेड सुविधा
Nabil Bank Limited

काठमाण्डौ । एनसेलका सबै ग्राहकहरुले अब मज्जाले टिकटक चलाउन सक्नेछन् । एनसेलले आज शुक्रबार (भाद्र २१) बाट टिकटक प्याक संचालनमा ल्याएको छ र साथै सबै सधैं सामाजिक सञ्जाल चलाउनका लागि पाइने निःशुल्क डेटामा टिकटक पनि समावेश गरेको छ ।

ग्राहकहरुले करसहित मात्र रु १७५ मा सातदिन सम्ममा अनलिमिटेड टिकटक चलाउन पाउँछन् । त्यतिमात्र नभई यसमा अन्य प्रयोजनका लागि ग्राहकले इन्टरनेट प्रयोग गर्न २ जीबी डेटा पनि प्राप्त गर्ने कम्पनीले एक विज्ञप्तिमार्फत जनाएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

सरकारबाट टिकटकको प्रयोगमा लगाइएको रोक हटेसँगै एनसेलले प्रदान गर्दै आएको सधैं अनका सबै प्याकहरुमा निःशुल्क पाइने सोसल मिडिया डेटामा पनि टिकटक थपिएको हो । यसको मतलब अब सधैं अन प्याकहरुमा ग्राहकले फेसबुक, इन्स्टाग्राम र युट्युबका साथसाथै टिकटक पनि निःशुल्क रुपमा आउने डेटाबाट चलाउन पाइनेछ ।  

“नेपालमा औधी मन पराइएको सामाजिक सञ्जाल टिकटकमा लगाइएको रोक हटाइनु दूरसञ्चार क्षेत्र र ग्राहकहरु सबैका लागि स्वागतयोग्य छ र यसका लागि हामी नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई धन्यवाद दिन चाहन्छौं,” एनसेलका चिफ कमर्सियल अफिसर, उमेर मोहसीनले भनेः “हामीले आजैबाट लागू हुने गरी शुलभ दरमा टिकटकमा पहुँच दिने टिकटक प्याक ल्याएका छौं र साथै सधैं अन प्याकका सोसल मिडिया डेटामा टिकटक पनि समेटेका छौं । यसले हाम्रा ग्राहक वर्गलाई टिकटकको पहुँच अझै सहज हुने विश्वास लिएका छौं ।”

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X