सोमबार, माघ १२,२०८२ 02:20:17
Bizshala
  • सोमबार, माघ १२,२०८२ 02:20:17
Bizshala
Global IME Bank Limited
Bizshala

मनी फ्लो इन्डेक्समा बजार ओभर सोल्ड जोन नजिक, होला त रिभर्सल ?

मनी फ्लो इन्डेक्समा बजार ओभर सोल्ड जोन नजिक, होला त रिभर्सल ?
Shivam Cement

काठमाण्डौ । आज नेप्से परिसूचक २ प्रतिशत भन्दा बढीले घट्यो । बजार घट्दा आज आघिल्लो दिनको तुलनामा कारोबार पनि घटेको छ । पछिल्लो बजारलाई मनी फ्लो इन्डेक्सबाट नियाल्दा केही समय ओभर बट जोन ९५ बाट खसेको बजार हाल २२ को ओभर सोल्ड जोनमा आएको छ ।  

मनी फ्लो इन्डेक्सले प्राइस र भोल्युम दुबैलाई प्रतिनिधित्व गर्ने भएको कारण यो इन्डिकेटर बढी भरपर्दो रहेको हुन्छ । बढ्दो बजारमा मनी फ्लो इन्डेक्स लामो समय ८० भन्दा पनि माथि रहन सक्छ । यदि मनी फ्लो इन्डेक्स ९० भन्दा माथि लागेमा बेच्नका लागि अलर्ट हुनु पर्ने हुन्छ ।  

Bizshala
Garima Development Bank
New Office

त्यसैगरि, घट्दो बजारमा पनि यस्तो इन्डेक्स लामो समय २० भन्दा तल रहन सक्छ । तर यो बिन्दुबाट तल लागेमा खरिदको लागि अलर्ट रहनु पर्ने हन्छ । किनकी बजारले कुनै पनि समय रिभर्सल लिन सक्ने सम्भवाना रहन्छ । यद्यपी आजको बजारलाई डाउ थेउरीबाट नियाल्दा भने आज २६८० विन्दुबाट पनि तल खसेर नयाँ लोअर लो बनाएको छ ।  

यसले बजारमा गिरावटको निरन्तरता नै रहन सक्ने हुन्छ । डाउ थेउरीमा हायर लो कन्फर्मेसन पछि मात्रै बजारमा इन्ट्रीको रणनीति लिन उपयुक्त हुन्छ । अन्य इन्डिकेटर बोलिङ्गरमार्फत हेर्दा आज बजार तल्लो ब्याण्ड नजिक आएको छ । आरएसआई पनि करिब अघिल्लो पटकको लोअर विन्दु नजिक आएको देखिन्छ ।  

बजारलाई यी सबै इन्डिकेटरबाट नियाल्दा बजारमा करिब–करिब बटम लाग्दै गरेको भन्न सकिन्छ । तर यसको निश्चितताका लागि भने अझै एक–दुई कारोबार नियाल्नु पर्ने हुन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.