काठमाण्डौ । नेपालमा केन्ट उत्पादनहरूको एकमात्र आधिकारिक वितरक ईओएल प्रालि, सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको संस्थाले यसपालीको दशैं र तिहारलाई लक्षित गरी विशेष ग्राहक योजना सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत केन्टका आरओ वाटर प्यूरिफायरहरू खरिद गर्ने ग्राहकहरूले सीजी ब्राण्डको १.८ लिटर इलेक्ट्रिक केटल उपहार स्वरूप पाउनेछन्।
‘योे दशैं–तिहार, केन्टसँग स्वास्थ्य र शुद्धता अँगालौं’नारासहित प्रस्तुत गरिएको यस योजनाले नेपाली परिवारहरूलाई स्वच्छ र शुद्ध पानी पिउने स्वस्थ जीवन शैलीको महत्त्वलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                