काठमाण्डौ । असोजको पहिलो सातादेखि दशैंका लागि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ । दशैंतिहार र छठ पर्वलक्षित सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुला गरिने भएको हो ।
यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंको १५ दिनअगावै लामो दुरीका सवारीको अग्रिम टिकट खुला गर्ने तयारी गरेको जनाएको छ ।
हवाई यात्रा गर्ने यात्रुहरूले भने दशैंका लागि अग्रिम बुकिङ थालिसकेका हुन् । एयरलाइन्स कम्पनीले दशैंका लागि भनेर अग्रिम बुकिङ नखुलाउने तर पछि अभाव हुने र हवाई भाडा महँगो हुँदै जाने डरले यात्रुहरुले हवाई टिकट बुकिङ गर्न थालेका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।