काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)ले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘काठमाण्डौ इन्टिच्युट अफ चाइल्ड हेल्थ’ लाई ५० लाख सहयोग गरेको छ ।
उक्त सहयोग रकमबराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले उक्त संस्थाका अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण गरेका हुन् ।
बैंकको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको चेक हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी, नायव महाप्रबन्धक सूर्य बहादुर तामाङ, नायव महाप्रबन्धक विनय नाथ न्यौपाने लगायतका पदाधिकारीहरु तथा उक्त संस्थाको तर्फबाट डा. भगवान कोइराला, भुवन दाहाल लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
बैंकबाट प्रदान भएको यो रकम बालबालिकाको उपचारमा विशिष्टिकृत सेवा प्रदान गर्नेगरी बाल स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुर्याउने उद्देश्य लिई स्थापना भएको उक्त स्वास्थ्य संस्थाले काठमाण्डौको बुढानिलकण्ठमा निर्माण गरिरहेको बाल अस्पतालको पूर्वाधार निर्माणमा खर्च हुुने जनाइएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।