शुक्रबार, असार १९,२०८३ 11:38:23
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 11:38:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बजार घट्दा कारोबार भने बढेको नेप्सेको अबको यात्रा कस्तो ?(प्राविधिक विश्लेषणसहित)

Laxmi Sunrise Bank Limited
बजार घट्दा कारोबार भने बढेको नेप्सेको अबको यात्रा कस्तो ?(प्राविधिक विश्लेषणसहित)

काठमाण्डौ । आज बजार ५० अंकले घट्दा कारोबार भने बढेको छ । बजार घट्दा कारोबार बढ्नुलाई त्यति राम्रो मानिदैन । अघिल्लो कारोबारमा बजार बढ्दा ८ अर्ब १७ करोड कारोबार भएकोमा आज १० अर्ब ३३ करोड कारोबार भएको छ ।  

पछिल्लो समयको बजारलाई बिभिन्न इन्डिकेटरबाट नियाल्दा बजारमा तीव्र बिक्री दबाब परेको देखिन्छ । अघिल्लो कारोबारमा ७८ अंकले बढेको बजारमा पुनः बिक्री दबाब आउनुले अझै पनि बिक्रीकर्ता नै हाबी भएको देखिन्छ । बोलिङ्गर ब्याण्ड मार्फत बजारलाई नियाल्दा बजार तल्लो ब्याण्डमा नै चलेको देखिन्छ ।  

New Office
CG Motors
Garima Development Bank

तल्लो ब्याण्डमा चलेको बजार यदि मध्य ब्याण्ड ब्रेक गरेर माथि जान नसकुन्जेल बजार कमजोर नै रहेको मानिन्छ । म्याक्डीमा पनि बजारले यस अघि नै बियरिस क्रसओभर बनाएको छ । हिस्टोग्राम लामा–लामा नै रहेका छन् । डाउ थेउरीमा बजारले लोअर हाई र लोअर लोका सिरिज बनाउँदै गएको छ । यसले बजारमा बिक्री दबाब परेको देखिन्छ ।  

आरएसआई भने हाल ओभर सोल्ड जोन भन्दा तल चलेको देखिन्छ । समग्रमा सबै इन्डिकेटरबाट नियाल्दा बजार कमजोर बन्दै गरेको देखिन्छ । पिभट् मार्फत नियाल्दा हालको पिभट् प्वइन्ट २६८३ बाट तल खसेकाले बजारले क्रमशः २६०६ , २५२५ र २४४८ मा सपोर्ट लिन सक्नेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यसैगरि, बढेमा भने बजारले २७६५ , २८४२ तथा २९२३ विन्दुमा प्रतिरोधको सामना गर्न सक्नेछ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.