• बिहीबार, भाद्र २६,२०८२ 04:32:49
Global IME Bank Limited

दक्षिण कोरियाली कम्पनीले हरेक पटक बच्चा जन्माउदा ७५ हजार डलर दिने

Hyundai Nepal
दक्षिण कोरियाली कम्पनीले हरेक पटक बच्चा जन्माउदा ७५ हजार डलर दिने

काठमाण्डौ । दक्षिण कोरियाको निर्माण कम्पनी बुयोङ ग्रुपले कर्मचारीहरलाई प्रत्येकपटक बच्चा जन्माउदा ७५ हजार डलर प्रदान गर्ने जनाएको छ । कम्पनीले देशको न्यून जन्मदरलाई सम्बोधन गर्न यस्तो व्यवस्था गर्न लागिएको कम्पनीले जनाएको छ ।  

यसका अतिरिक्त कम्पनीले सन् २०२१ पश्चात ७० वटा बच्चा जन्माएका कर्मचारीहरुलाई कुल ५.२५ लाख डलर प्रदान गरिने जनाएको छ । यो पुरस्कार महिला र पुरुष दुवैलाई प्रदान गरिने कम्पनीले जनाएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

तीन जना बच्चा जन्माएका कर्मचारीलाई २ लाख २५ हजार डलर नगद वा आवासको सुविधा रोज्ने विकल्प दिइने व्यवस्था कम्पनीले गरेको छ ।  

यो कदमले कर्मचारीलाई बच्चा जन्माउन प्रेरित गर्ने र कम्पनीलाई देशको भविष्यप्रति चिन्तित कम्पनीका रुपमा परिचित गराउने कम्पनीले विश्वास लिएको जनाएको छ ।  

०.७८ जन्मदरका साथ सन् २०२२ मा दक्षिण कोरिया विश्वकै सबैभन्दा न्यून प्रजननदर भएको देश बनेको थियो । दक्षिण कोरियाको तथ्यांक विभागका अनुसार यो दर सन् २०२५ सम्म ०.६५ मा  झर्ने प्रक्ष्ोपण गरिएको छ ।  

यो तथ्यांक दक्षिण कोरिया र पूर्वी एशियाली देशहरुका(जापान,चीन) लागि टाइम बमका रुपमा रहेको विज्ञहरुले बताएका छन् ।  दक्षिण कोरिया र पूर्वी एशियाली देशहरुले औद्योगिकरणमा गरेको प्रगतिपश्चात बढ्दो बुढ्यौली जनसंख्याको समस्या खेपिरहेका छन् ।  

धेरैजसो युरोपेलि देशहरुले पनि यस्तै समस्याको सामना गरिरहेका छन् । तर प्रवासी कामदारहरुले उक्त अभावलाई कम गरिरहेका छन् ।  

दक्षिण कोरियाली सरकार र अन्य कम्पनीहरुले पनि बच्चा जन्माउन प्रोत्साहन गर्न विभिन्न आर्थिक व्यवस्थाहरु गरेको छन् ।-एजेन्सी

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.