बिहीबार, आश्विन ३,२०८१ 06:54:11
IME remit
  • बिहीबार, आश्विन ३,२०८१ 06:54:11
IME remit
Global IME Bank Limited

वाणिज्य बैंकहरुले एक महिनामै कमाए रु.९.१७ अर्ब, सबैभन्दा बढी ग्लोबल आइएमई बैंकको

Hyundai Nepal
वाणिज्य बैंकहरुले एक महिनामै कमाए रु.९.१७ अर्ब, सबैभन्दा बढी ग्लोबल आइएमई बैंकको
Nabil Bank Limited

काठमाण्डौ । वाणिज्य बैंकहरुले एक महिनामै ९ अर्ब भन्दा बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार २० वटा वाणिज्य बैंकले चालु आवको साउन महिनामा ९ अर्ब १७ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।  

साउनमा सर्वाधिक नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले ८९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरी सबैभन्दा बढी नाफा कमाउने बैंक बनेको छ । त्यस्तै, नबिल बैंकले पनि ८० करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरी दोस्रो स्थान ओगट्न सफल भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

यसका साथै कृषि विकास बैंकले ७१ करोड २० लाख, हिमालयन बैकले ५८ करोड ८० लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५७ करोड ७५ लाख, प्रभु बैंकले ५३ करोड ८० लाख, प्राइम कमर्सियल बैंकले ५० करोड ५५ लाख, कुमारी बैंकले ५० करोड ३५ लाख, लक्ष्मी सनराइज बैंकले ४३ करोड ३२ लाख, एनएमबी बैंकले ४२ करोड ७२ लाख, एभरेष्ट बैंकले ४२ करोड ७२ लाख रुपैयाँ र सानिमा बैंकले ३८ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।  

Sagarmatha Cement
Shivam Cement

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ३६ करोड ६ लाख, सिद्धार्थ बैंकले ३४ करोड ८८ लाख, सिटिजन्स बैंकले ३४ करोड २२ लाख, नेपाल एसबीआई बैंकले ३३ करोड ३३ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३१ करोड १५ लाख, एनआइसी एशिया बैंकले २६ करोड ६३ लाख, नेपाल बैंकले २० करोड २४ लाख र माछापुच्छ्रे बैंकले २० करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.