शनिबार, श्रावण १६,२०८३ 02:59:55
Bizshala
  • शनिबार, श्रावण १६,२०८३ 02:59:55
Bizshala
Global IME Bank Limited

कमला ह्यारिस अमेरिकी राष्ट्रपतिमा निर्वाचित भए बजारबाट सबै पैसा झिक्ने यी अरबपतिको घोषणा

कमला ह्यारिस अमेरिकी राष्ट्रपतिमा निर्वाचित भए बजारबाट सबै पैसा झिक्ने यी अरबपतिको घोषणा
New Office

काठमाण्डौ । अमेरिकाका हेज फण्ड अरबपति जोन पउलसनले डेमोक्रेटिक पार्टीकी अमेरिकी राष्ट्रपति उम्मेद््वार कमला ह्यारिसले निर्वाचन जिते बजारबाट सबै पैसा झिक्ने बताएका छन् ।  

उनले डेमोक्रेटिक उम्मेद्वारले निर्वाचन जिते लगानीकर्ता दुखी हुने समेत बताए । उनले यदि कमला अमेरिकी राष्ट्रपति पदमा निर्वाचित भए कर योजना र अन्य आर्थिक योजनाहरु कार्यान्वयन गर्ने र यसले लगानी सुरक्षित नहुने दाबी गरेका छन् ।  

उनले भूतपूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कमला ह्यारिसको आर्थिक योजनाहरु भिन्न भएको बताउँदै ट्रम्पले सन् २०१७ को कर कटौतीको योजनालाई विस्तार गर्न चाहेको बताए । एक  टेलिभिजनलाई दिएको अन्तर्वार्तामा जोनले कमलाले २१ देखि २८ प्रतिशतसम्म कर्पोरेट कर बढाउने योजना बनाउनुका साथै पूँजीगत लाभकर २० देखि २८ प्रतिशतसम्म बढाउने दाबी गरे ।    

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.