बुधबार, फाल्गुन ६,२०८२ 01:56:55
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 01:56:55
Bizshala
Global IME Bank Limited

एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरुलाई नगदसहित सम्मान

एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरुलाई नगदसहित सम्मान
Shivam Cement

काठमाण्डौ । एनसेल फाउन्डेसनले पेरिस पाराओलम्पिक्स २०२४ मा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा देशका लागि अहिलेसम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई रु १० लाख नगद पुरस्कारसहित सम्मान गरेको छ ।

राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालको २५औं वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित एक कार्यक्रममा एनसेलले ऐतिहासिक कांस्य पदक विजेता पलेशासहित सहभागी ५ सदस्यीय टोलीलाई नगदसहित पुरस्कृत हो । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत एनसेल फाउन्डेसनबाट यो पुरस्कार प्रदान गरेको हो ।

पलेशाकी पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले रु ३ लाख नगद पुरस्कार पाएका छन् ।  

त्यसैगरी तेक्वान्दो खेलाडी भरतसिंह महता, पौडी खेलाडी भीमबहादुर कुमाल, र पौडी प्रशिक्षक विजेनमान श्रेष्ठले जनही १ लाख नगद पुरस्कार प्राप्त गरेका छन् ।  

“यो सम्मानले हामी पारा खेलाडीहरुको हौसला झनै बढाएको छ र अब देशका लागि स्वर्ण पदक नै ल्याउने मेरो उद्देश्य रहेको छ । एनपीसीसँगको सहकार्यमा हाम्रो ओझेलमा परेको पारा खेलकुदको विकासमा योगदान पुर्याई दिनु भएकोमा एनसेलप्रति आभारी छु,” पलेशाले भनिन् ।

पारा खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, एनसेलका प्रमुख नियामक मामिला अधिकृत विशालमणी उपाध्याय, एनपीसीकी अध्यक्ष राधा घले र एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्काले संयुक्तरुपमा पुरस्कार वितरण गरेका थिए ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सोही कार्यक्रममा एनपीसी नेपालले पारालिम्पिक खेलप्रति चासो राखी यसको विकासमा पुर्याएको सहयोगको उच्च मूल्याङ्कन गर्दै पारा खेलाडीहरुलाई उच्च मनोबल र हौसला प्रदान गरकोमा एनसेललाई पनि सम्मान गरेको छ ।  

युवा तथा खेलकुद मन्त्री चौधरीलगायतले एनसेललाई सो सम्मान गरेका हुन् ।  

“एनसेल फाउन्डेसनको भर्खरै भएको शुमारम्भसँगै देशको लागि ऐतिहासिक पदक दिलाउन सफल पलेशासहित अन्य पारालिम्पियनलाई नगद पुरस्कारले सम्मान गर्न पाउँदा हामी अत्यन्तै खुसी छौ,” एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्काले भनिन्ः “एनपीसीसँगको सहकार्यमा हामी राष्ट्रिय पारा खेलाडीहरूको प्रेरणा बनेर हौसला प्रदान गर्दै एक बलियो साथ दिन प्रतिबद्ध छौं ।”

पलेशाले ऐतिहासिक पदक जितेपछि एनसेलले नगद पुरस्कारसहित उनलाई र अन्य सहभागी पारा खेलाडी र प्रशिक्षकहरुलाई सम्मान गर्ने घोषणा गरेको थियो ।  एनसेलले गत वर्षदेखि आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सवको अवसरमा आफ्नो सीएसआर अन्तर्गत एनपीसीसँग सहकार्यको घोषणा गरेको थियो ।  

यस सहकार्य अन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालिम्पिक राष्ट्रिय खेलाडीहरूको समग्र तालिम, विकास तथा प्रशिक्षणको लागि ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सहयोग गर्दै आएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.