मंगलवार, श्रावण ५,२०८३ 07:48:20
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 07:48:20
Bizshala
Global IME Bank Limited

अमेरिकामा अन्धाधुन्द गोली प्रहारबाट कम्तीमा ४ जनाको मृत्यु

अमेरिकामा अन्धाधुन्द गोली प्रहारबाट कम्तीमा ४ जनाको मृत्यु
New Office

काठमाण्डौ । अमेरिकाको अलाबामा राज्यको बर्मिङ्घममा भएको गोलीकाण्डमा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् ।

बर्मिङ्घमका प्रहरी अधिकारी ट्रुमन फिट्जगेराल्डले शनिबार साँझ शहरको दक्षिणी पाँच प्वाइन्ट साउथ डिस्ट्रिक्टमा सामूहिक गोलीबारीको यो घटना भएको बताएका छन्।

धेरै व्यक्तिहरूले एकैचोटि मानिसहरूको समूहमा गोली हानेको उनले बताए । घटनास्थलबाट प्रहरीले तीन जनाको शव फेला पारेकोमा एक महिला र दुई पुरुष रहेको उनले जानकारी दिए । गोलि लाग्ने उक व्यक्तिको अस्पतालमा एक जनाको मृत्यु भएको छ ।  

घटनाका सम्बन्धमा उनले आक्रमण गर्ने बन्दुकधारी पैदल हिडेका थिए वा कारमा बसेर घटनास्थलमा पुगेका थिए भन्ने खोजी भइरहेको जानकारी दिए । यस प्रकरणमा अहिलेसम्म कोही पक्राउ परेका छैनन् ।

अमेरिकामा गोलीकाण्डका घटनाको जानकारी संकलन गर्ने गन भ्वालेन्स आर्काइभका अनुसार अमेरिकामा यो वर्ष अहिलेसम्म ४ सय गोली हानाहानका घटना भएका छन् ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.