बिहीबार, श्रावण २८,२०८३ 01:13:09
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 01:13:09
Bizshala
Global IME Bank Limited

सामान्य अंकले बजार बढ्दा भोल्युम घट्नुलाई प्राविधिक रुपमा कसरी बुझ्ने ?

Prabhu Bank Limited
सामान्य अंकले बजार बढ्दा भोल्युम घट्नुलाई प्राविधिक रुपमा कसरी बुझ्ने ?
New Office

काठमाण्डौ । आज कारोबारको पहिलो प्रहरमा उच्च अंकले बढेको सेयर बजार अन्त्यमा सामान्य अंकले मात्रै बढेर बन्द गर्यो । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा आज नेप्सेको सपोर्ट जोनमा इन्भर्टेड ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ ।  

यसले सम्भावित ट्रेन्ड रिभर्सलको संकेत गर्छ । कारोबारबाट नियाल्दा बजारमा दैनिक भोल्युम ड्राइ अप हुँदै गएको छ । यो भनेको लगानीकर्ता पर्ख र हेरको अबस्थामा रहेका छन् भन्ने हो । बिगतको बजारलाई नियाल्दा भोल्युम निकै ड्राइ अप भए पछि पुनः बजारले गति लिएको देखिन्छ । बोलिङ्गर ब्याण्डबाट हेर्दा बजार तल्लो ब्याण्डमा नै चलेको छ । म्याक्डीबाट नियाल्दा केही समय पहिले बनेको वियरिस क्रसओभर भ्यालिड नै छ ।  

तर हिस्टोग्राम छोटाछोटा हुँदै गएका छन् । म्याक्डी र मनीफल् इन्डेक्समा भने बुलिस ड्राइभर्जेन्स देखा पर्न थालको छ । यसले बजारले बटम लगाइ सकेको र कुनै पनि बेला बजारले अप ट्रेन्ड लिन सक्छ भन्ने हो । तर इन्डिकेटरबाट अहिले नै कन्फर्मेसन भने मिलेको होइन । पिभट् मार्फत नियाल्दा बजारको पहिलो सपोर्ट २५७० , २३९२ र २१५३ विन्दुमा रहेको छ । बढेमा क्रमशः पिभट् प्वइन्ट क्रमश ः २८०९ ,२९८८ र ३२२६ विन्दुमा रहेको छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.