सोमबार, श्रावण १८,२०८३ 11:31:45
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:31:45
Bizshala
Global IME Bank Limited

एनसेल फाउन्डेसनद्वारा बिर्तामोडमा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ

एनसेल फाउन्डेसनद्वारा बिर्तामोडमा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ
New Office

काठमाण्डौ । एनसेल फाउन्डेसनले झापाको बिर्तामोड नगरपालिका–५ मा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ शिविरको आयोजना गरेको छ । प्रदेशस्तरमा सञ्चालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत फाउन्डेसनले गत हप्ता उक्त शिविरको आयोजना गरेको हो ।  

यस निःशुल्क शिविरमा १२० जनाभन्दा बढी  स्थानिय महिलाहरुको सहभागिता थियो । सहभागिमध्ये ९० जनाभन्दा बढिले निःशुल्क ‘पाप स्मियर टेस्ट’बाट लाभ लिएका थिए । नेपाल क्यान्सर फाउन्डेसन र पुर्वाञ्चल अस्पतालसँगको सहकार्यमा एनसेल फाउन्डेसनद्वारा आयोजना गरिएको यो पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ शिविर एक कोशेढुङ्गा सावित भएको कम्पनीले जनाएको छ ।  

पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाहरूमाहुने क्यान्सरहरु मध्ये पहिलो स्थानमा पर्दछ । सन् २०२२ मामात्रै २ हजार १६९ जना महिलाहरूमा पाठेघरको मुखको क्यान्सर भएको पाईएको थियो भने यस रोगको कारण १ हजार ३१३ जनाले आफ्नो ज्यान गुमाएका थिए ।

शिविरमा आएकी बिर्तामोड नगरपालिका– ५ कीशोभा ठाकुरले भनिन्, ‘यहाँ पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङको लागिशिविर बस्दै छ भनेर थाहा पाएर साथीहरु पनिलिएर आएँ । आफ्नो स्वास्थ्यको कुरा खुलेर भन्न नसक्दा मेरो सासु ब्रेस्ट क्यान्सर भएको तेस्रो स्टेजमा मात्र थाहा भएकोले बित्नु भयो । आफ्नो स्वास्थ्य छ त छोरा, छोरी संसार सबै हुन्छ ।’

त्यसैगरी बेलबारी–५, मोरङबाट शिविरमाआएकी टिका गौतम कोइरालाले भनिन्, ‘यो जीवन लिने डर लाग्दो रोग रहेछ । यसलाई समयमा नै उपचार गर्यो भने बाँच्न सकिन्छ त्यसैले मौका पाएकीले यहाँशिविरमाआएकीहुँ । सचेत हुनपाईयो भने यो रोगबाट मुक्तहुन पाइन्छ त्यसैले यो स्क्रिनिङ टेस्ट एकदमै जरुरी छ ।’

एनसेल फाउन्डेसनले कोशी प्रदेशमा ६ हजार भन्दा बढी महिलाहरुको स्क्रिनिङ गर्ने लक्ष्य लिएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.