बुधबार, श्रावण २७,२०८३ 11:00:05
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 11:00:05
Bizshala
Global IME Bank Limited

औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात खुला

Prabhu Bank Limited
औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात खुला
New Office

काठमाण्डौ । सरकारले औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात खुला गरेको छ । सरकारले चालू आर्थिक वर्ष ०८१/८२ मा उत्पादनमूलक उद्योगको कच्चा पदार्थका रूपमा प्रयोग गर्ने गरी सुपारी, केराउन र मरिचको आयात खुला गरेको हो ।

सरकारले राजपत्रमा सूचना प्रकाशन गर्दै चालू आवका लागि सुपारी, केराउन र मरिचको आयात खुला गरेको जनाएको छ ।  

सूचना भनिएको छ,‘उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि, २०७८’को प्रक्रिया पूरा गरी आव ०८१/८२ मा औद्योगिक प्रयोजनका लागि मात्र कच्चा पदार्थका रूपमा केराउ (एचएस कोड ०७१३.१०.०००, सुपारी (एचएस कोड ०८०२.८०.००० र मरिच (सेतो मरिच एचएस कोड ०९०४.११.२० र कालो मरिच एचएस कोड ०९०४.११.३०० को पैठारी गर्न अनुमति दिने निर्णय गरेकाले यो सूचना प्रकाशन गरिएको छ’ ।   

सरकारले निकासी–पैठारी (नियन्त्रण( ऐन, २०१३ को व्यवस्थाअनुसार यी वस्तुको आयातमा बन्देज लगाउँदै आएको छ । यद्यपी औद्योगिक प्रयोजनका लागि भने सरकारले हरेक आर्थिक वर्ष यी वस्तुको आयात खुला गर्दै आएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.