मंगलवार, श्रावण १२,२०८३ 09:34:05
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 09:34:05
Bizshala
Global IME Bank Limited

सिजी मोटर्सले फ्यूचर ईभी कार्निभलमार्फत विद्युतीय गाडीहरूको प्रदर्शनी गर्दै

सिजी मोटर्सले फ्यूचर ईभी कार्निभलमार्फत विद्युतीय गाडीहरूको प्रदर्शनी गर्दै
New Office

काठमाण्डौ । नेपाली बजारमा विद्युतीय सवारी साधनको बढ्दो माग र ग्राहकहरुको अपेक्षालाई मध्यनजर गर्दै सिजी मोटर्सले अभतार, रिड्डारा, नेटा, जिएसी, किङ्गलङ्ग, सिजी केवाइसी, दायुन, र स्मार्ट गरी ८ वटा विभिन्न ब्राण्डका विद्युतीय सवारी साधनहरु बिक्री वितरण गर्दै आइरहेको छ।

विद्युतीय सवारी साधनप्रति उल्लेखनीय मागलाई सम्बोधन गर्दै सिजी मोटर्सको आधिकारिक वितरक, फ्युचर मोटर्सले असोज ९ देखि असोज १२ गतेसम्म फ्युचर इभी कार्निभल सुरु गरेको छ। 

यो कार्यक्रम भक्तपुरको राधे राधेस्थित हेरीटेज पार्टी प्यालेसमा भइरहेको छ। कार्निभल बिहान १० बजेदेखी साँझ ६ बजेसम्म सञ्चालन हुनेछ र यसमा रिड्डारा, नेटा, जिएसी, किङ्गलङ्ग, र सिजी केवाइसीका सवारी साधनहरू प्रदर्शनमा राखिएका छन्।

ग्राहकहरुले प्रदर्शित विभिन्न सवारी साधनलाई टच एण्ड फिल गर्न पाउनेछन्। साथै, कार्निभलमा मनोरञ्जनात्मक आकर्षणको रूपमा विभिन्न खेल, लाइभ प्रदर्शन, र खाना र पेयपदार्थका स्टलहरू समावेश गरिएको छ। प्रदर्शनीमा राखिएका कुनैपनि सवारी साधन खरिदमा इच्छुक ग्राहकहरूको लागि अन द स्पट फाइनान्सिङ्ग, एक्सचेञ्ज अफरहरू, विशेष डिस्काउण्ट र अन द स्पट भ्यालुएशनको सुविधाहरू प्रदान गरिएको छ।

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.