IME remit
  • सोमबार, कार्तिक ३,२०८२ 07:49:43
IME remit
Global IME Bank Limited

६ साता लगातार घट्यो नेप्से, होला त ‘भी’ सेप रिकभरी ?

Hyundai Nepal
६ साता लगातार घट्यो नेप्से, होला त ‘भी’ सेप रिकभरी ?
Shivam Cement

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो  । ५ दिनको कारोबारमा बजार ३  दिन घट्यो भने २ दिन मात्रै बढ्यो । अघिल्लो साता २५ सय ७६ विन्दुमा बन्द भएको बजार यो साता २४ सय ८६  विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजार ९० अंकले घट्यो । अघिल्लो साता बजार १११.७९ अंकले घटेको थियो ।

यो साताको ५ दिनको कारोबारमा २६ अर्ब ९७ करोडबराबरको कारोबार भयो । यो हिसाबले यो साता ५ अर्ब  ४ करोडको औषत कारोबार भयो । अघिल्लो साता यस्तो कारोबार २३ अर्ब ९ करोडबराबरको कारोबार भएको थियो ।  

यो साता बजार पूँजीकरण ३९ खर्ब ५४ अर्ब पुग्यो । अघिल्लो साता बजार पूँजीकरण ४० खर्ब ९७ अर्ब कायम थियो  । यस हिसाबले यो साता नेप्से घट्दा बजार पूँजीकरण १ खर्ब ४३ अर्बले घटेको छ । यो साता पनि नेप्से घट्दा बजार पूँजीकरण र कारोबार दुबै घट्यो ।

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

इलिअट वेभः

इलअिट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले साना–ठूला गरेर एक दिनदेखि एक सय बर्षसम्मको समय अवधलिाई प्रतिनिधित्व गर्छन् । इलअिट वेभमा मूल्य माथि जान पाँच फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन् ।  

माथि लाग्ने पाँच वेभमा पनि ३ वटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ‘ए’ हो । वेभ ‘ए’, ‘बी’, ‘सी’ले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ ।

यो सातासम्म बजार ६ हप्ता निरन्तर खसेको छ । यो साता पनि वियरिस प्रकृतिको क्याण्डल नै बनेको देखिन्छ । बजारलाई विभिन्न इन्डिकेटरबाट नियाल्दा मनी फ्लो इन्डेक्समा बुलिस डाइभर्जेन्स बनेको छ भने आरएसआई ओभर सोल्ड जोनमा पुगेको देखिन्छ । भोल्युम पनि निकै ड्राइ अप बनेको छ । बजारलाई भोल्युम र कारोबारबाट नियाल्दा करिब बटमको बिन्दुमा बजार पुगेको देख्रिन्छ ।  

इलिअट वेभबाट नियाल्दा बजारमा एबीसीको करेक्टिभ मोड चलेको देखिन्छ । एबीसीमा पनि ‘सी’ वेभ भित्रको पाँचौ वेभ प्यान्डिङ हुन सक्छ । जसलाई इलिअट वेभले बनाएको प्याट्रन , यो साताको कारोबार र इन्डिकेटर जस्ता विषयले थप पुष्टि गर्छ । सामान्यतया वेभ ‘ए’ बराबर वेभ ‘सी’ हुने गर्छ । ‘सी’ वेभ भित्रका चक्रलाई नियाल्दा बजारले अझै केही अंक गुमाएर ‘भी’ सेपमा रिकभर लिन पनि सक्छ । अथवा ‘सी’ वेभ टंकेसन पनि हुन सक्छ । आगामी बजारको अवस्था यही नै हुन्छ भनेर हालसम्मको बजारले केही प्रष्ट बताएको छैन । तर बजारले बटम लगाएको र आगामी साताबाट रिकभरि लिन सक्ने सम्भावना भने बढी नै देखिन्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआई  

साप्ताहिक रुपमा बोलिङ्गर ब्याण्डको आधारमा हेर्दा अपर ब्याण्डबाट खसेको बजारले मध्य ब्याण्डमा सपोर्ट लिँदै गरेको देखिन्छ । म्याक्डीमा भने यो साता बजारमा वियरिस क्रसओभर बनेको छ भने हिस्टोग्राम नेगेटिभ बनेको देखिन्छ । साप्ताहिक रुपमा आरएसआई ५३ को तहमा चलेको छ । सगम्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा बजार सपोर्टको तहमा आउँदै गरेको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २८७३

प्रतिरोध २ – २८०४

प्रतिरोध १–  २६९०

पिभट् प्वइन्टः २६२०

घटेमा सपोर्ट  

सपोर्ट १– २५०७

सपोर्ट २– २४३७

सपोर्ट  ३ –२३२४

निष्कर्षः साप्ताहिक रुपमा बजारलाई नियाल्दा यो सातासम्म बजारमा लगातार ६ साता लगातार करेक्सन आएको छ । कारोबार तथा भोल्युम भने बिस्तारै ड्राई अप हुँदै गएको छ । कारोबारबाट नियाल्दा बजारमा हाल तीब्र बार्गेनिङ चलेको देखिन्छ । इलिअट वेभबाट नियाल्दा बजार ‘सी’ वेभ भित्रको पाँचौ वेभमा चल्दै गरेको देखिन्छ ।  

अर्थात बजारले करिब बटम लगाउदै गरेको भन्न सकिन्छ । तर इन्डिकेटर तथा कारोबारबाट नियाल्दा यो साता ९० अंकले घटेको बजारले हालसम्म प्रष्ट रुपमा कुनै कन्फर्मेसन भने दिएको देखिदैन । यद्यपी बजारले इलिअट वेभको कुनै एउटा चक्र पूरा गरे पछि बुल बजारमा पुन ‘भी’ सेपमा नै रिकभरी लिन पनि सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारकान लागि सिफारिस भने होइन । 

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.