बुधबार, श्रावण २०,२०८३ 06:53:44
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 06:53:44
Bizshala
Global IME Bank Limited

टाटा मोटर्सले बाढीपहिरोले क्षति पुगेका गाडीलाई घरमै गएर मर्मत गरिदिने

टाटा मोटर्सले बाढीपहिरोले क्षति पुगेका गाडीलाई घरमै गएर मर्मत गरिदिने
New Office

काठमाण्डौ । टाटा मोटसले आपतकालिन सर्भिस सुविधाको व्यवस्था गरेको छ । कम्पनीले देशव्यापी आइपरेको बाढि पहिरो तथा डुवानका घटनाबाट टाटा प्यारेन्जर गाडीमा क्षति पुगेका गाडीहरुमा थप क्षति हुनबाट रोक्नका लागि यो सुविधाको व्यवस्था गरेको हो ।  

यसअन्तर्गत टाटा मोटर्सको हट लाइनमा सम्पर्क गरी घरमा नै यस सुविधा लिन सकिनेछ । टाटा मोटर्सका सर्भिस टिमले घरमा नै गएर गाडीको चेकजाँच गरी मर्मतको सुविधा प्रदान गर्नेछन । यदि गाडी घरमा मर्मत गर्न सम्भव नभएमा सिप्रदीको सर्भिस सेन्टरमा लागि गाडीलाई पुर्ण मर्मत गरी ग्राहकलाई हस्तान्तरण गरिने कम्पनीले जानकारी गराएको छ । 

यस दुःखद घडीमा ग्राहकलाई आफ्नो गाडीमा थप क्षति हुन नदिनका लागि तथा ग्राहक सेवालाई चुस्त बनाउनका लागि यस किसिमको सेवा प्रदान गर्न लागिएको कम्पनीले जनाएको छ । यस सेवाका लागि हटलाइन  टोल फ्री नं. १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिनेछ ।  

यस चाडपर्वको अवसरमा टाटाका ग्राहकहरुलाई बाढीले पुर्याएको असुविधालाई ध्यानमा राखि यस बिशेष आपलकालिन सर्भिस सुविधा उपलब्ध गराएको कम्पनीका सर्भिस बिभागका महाप्रबन्धक कुमार भण्डारीले जानकारी गराए ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.