सोमबार, कार्तिक २,२०८३ 06:04:09
  • सोमबार, कार्तिक २,२०८३ 06:04:09
Global IME Bank Limited

घटस्थापनासँगै दशैंको सुरुवात, यो महिना अब ६ दिन मात्रै सेयर कारोबार हुने

Bizshala
घटस्थापनासँगै दशैंको सुरुवात, यो महिना अब ६ दिन मात्रै सेयर कारोबार हुने
New Office

काठमाण्डौ । नेपाली हिन्दूहरूको महान् पर्व बडादशैं आजबाट शुरू भएको छ। आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन आज बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेसँगै यसपालिको दशैं सुरु भएको छ ।  नेपाल पञ्चांग निर्णायक समितिले घटस्थापनाका लागि बिहान  ९ बजेर १६ मिनेटको शुभसाइत तोकेको छ ।  

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने यो पर्व दशैंलाई असत्यमाथि सत्यको विजयका रूपमा लिने गरिन्छ । घटस्थापनाको दिन पूजाकोठा, दशैंघर अथवा कोतमा दियो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ । कतैकतै भने ब्रम्हाको पनि स्थापना गरिन्छ । घटस्थापनाका दिन पूजाकोठामा घैटौ अथवा घडामा जलभरि आँप, चाँप, वरपिपलको पात राख्ने परम्परा छ । यो घडावरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने चलन छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँबाट ल्याइएको चोखो बालुवा या माटोमा जौ छरिन्छ । बिहानै उठेर नुहाइधुवाइ गरी चोखो भएर पूजाकोठामा बालुवा अथवा चोखो माटो राखी जौ र मकैको बीउ उमार्ने गरिन्छ । त्यहीनजिकै थालीमाथि सुनको प्रतिमा राखी नवदुर्गा थाप्दै १० दिनसम्म पूजा गर्ने गरिन्छ । कहीँकहीँ मकै र गहुँको प्रयोग भए पनि अधिकांश स्थानमा जौ छर्ने प्रचलन रहेको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

आज घटस्थापनाको दिन सरकारले सार्वजनिक बिदा दिएको छ । त्यसैले आज सम्पूर्ण सरकारी कार्यालय,सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् ।  

आज नेपाल स्कट एक्सचेञ्ज(नेप्से) पनि आज बन्द रहनेछ । आज दोस्रो बजारमा सेयर कारोबार हुने छैन । यो महिना अब ६ दिन मात्रै सेयर कारोबार हुने भएको छ । असोज २४ गतेदेखि २८ गतेसम्म सेयर कारोबार हुने छैन । यो महिना असोज २०,२१,२२,२३,२९ र ३० गते सेयर कारोबार हुनेछ ।   

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.