• बुधबार, श्रावण २८,२०८२ 03:38:19
Global IME Bank Limited

सानिमा सेक्यूरिटीजले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा

Hyundai Nepal
सानिमा सेक्यूरिटीजले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा
Shivam Cement

काठमाण्डौ । सानिमा सेक्यूरिटीज लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले दोश्रो वार्षिक साधारणसभा डाकेको हो ।  

सभा कात्तिक १३ गते काठमाण्डौको पुतलीसडकमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको रजिष्टर्ड कार्यालय रहने ठेगाना परिवर्तन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरिनुका साथै सोको लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरिनेछ ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

यस्तै प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरवदल सुझाव भएमा सो अनुसार आवश्यक फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित हुनेछ ।  

सभामा दोश्रो वार्षिक साधारणसभाको लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वित्तीको विवरण (वासलात),आव  २०८०/०८१ को नाफा नोक्सान विवरण तथा नगद प्रवाह विवरण) लगायतका वार्षिक वित्तीय विवरण छलफल गरी पारित गर्ने  र आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.