बुधबार, चैत्र २०,२०८१ 02:00:08
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:00:08
IME remit
Global IME Bank Limited

आईपीओ निष्काशनको तयारीमा रहेको मारुती सिमेन्ट्सले डाक्यो एजीएम, के–के छन् अजेण्डा ?

Hyundai Nepal
आईपीओ निष्काशनको तयारीमा रहेको मारुती सिमेन्ट्सले डाक्यो एजीएम, के–के छन् अजेण्डा ?
Nabil Bank Limited

काठमाण्डौ । आईपीओ निष्कासशनको तयारीमा रहेको मारुती सिमेन्ट्सले वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । असोज ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ३० औं वार्षिक साधारण सभा डाकेको हो ।  

कम्पनीको उक्त सभा आगामी कात्तिक ११ गते विराटनगरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११.३० बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम आव २०८०/८१ को मुनाफा तथा सञ्चित मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्तापूँजीको ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

Shivam Cement
Bizshala
CG Motors

यस्तै, आव २०८०/८१ मा कम्पनीको सञ्चालक समतिबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान रकमहरु अनुमोदन गरेको एक लाख भन्दा माथिका रकमहरु अनुमोदन गर्ने, विभिन्न बैंकहरुबाट लिइएको ऋणको अनुमोदन तथा स्वीकृती गर्ने र सञ्चालक समितिबाट आव २०८०/८१ मा भए गरेका निर्णयहरु पारित गरिनेछ ।  

यसैगरी, सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथ छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात, सोही अवधिको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरी पारित गर्ने  र  चालु आवका लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मारुती सिमेन्ट्सले आईपीओ निश्कासनको अनुमति माग गर्दै गत पुस २६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा १७७ रुपैयाँ प्रिमियम थपेर कुल प्रतिकित्ता २७७ रुपैयाँको दरले आईपीओ निष्कासशनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो ।  

कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आईपीओ निष्काशनको माग गरेको छ । कम्पनीले धितोपत्र बोर्डबाट अनुमति पाएपछि ४ अर्ब ३७ करोड ३२ लाख रुपैयाँबराबरको १ करोड १६ लाख कित्ता आईपीओ जारी गर्नेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.