बुधबार, माघ २३,२०८१ 10:25:05
IME remit
  • बुधबार, माघ २३,२०८१ 10:25:05
IME remit
Global IME Bank Limited

हिमालय एअरलाइन्सको काठमाण्डौ–छिन्ताओे–काठमाण्डौ उडान सेवा सुरु

Hyundai Nepal
हिमालय एअरलाइन्सको काठमाण्डौ–छिन्ताओे–काठमाण्डौ उडान सेवा सुरु
Nabil Bank Limited

काठमाण्डौ । नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्सले आज सेप्टेम्बर १० देखि लामो समयदेखि प्रतीक्षारत काठमाण्डौै–छिन्ताओ–काठमाण्डौ उडान सेवाको उद्घाटन गरेको छ। यो सेवा विस्तारलाई एअरलाइन्सले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवर्द्धन गर्ने प्रतिबद्धताका रुपमा लिएको छ।

यस नयाँ रुटले यात्रुहरूलाई नेपालको राजधानी र चीनको रमणीय परिदृश्य, समृद्ध सांस्कृतिक सम्पदा र आर्थिक महत्वका लागि परिचित सहरको बीचमा सहज यात्राको विकल्प प्रदान गर्नेछ। एअरलाइन्सले हरेक आइतबार सेप्टेम्बर १० देखि निर्धारित यस रुटका लागि साप्ताहिक सेवा सञ्चालन गर्ने तयारी गरेको छ।

पहिलो आउटबाउन्ड उडान एच९ ७२२० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार बिहान ९ः१५ मा प्रस्थान गरेको छ र छिन्ताओकोे जियाओडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार साँझकोे ५ः२२ बजे अवतरण गर्ने छ। यस उडानको अवधि ५ घन्टा ५० मिनेटको रहनेछ। पहिलो उडानमा कुल यात्रु संख्या १०० रहेको थियो।

उद्घाटन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदान किराँती प्रमुख अतिथिका रुपमा उपस्थित भएका थिए। यसका साथै नेपालका लागि चिनियाँ राजदूत चेङ सोङ र अन्य विशिष्ट व्यक्तिलाई हिमालय एअरलाइन्सका अध्यक्ष झोउ एनयोङ र उपाध्यक्ष विजय श्रेष्ठले स्वागत गरेका थिए।

आफ्नो स्वागत सम्बोधनमा अध्यक्ष एनयोङले भने, ‘काठमाण्डौै–छिन्ताओ–काठमाण्डौै उडान सेवाको उद्घाटन हिमालय एअरलाइन्सका लागि महत्वपूर्ण उपलब्धी हो। छिन्ताओ चीनको महत्वपूर्ण व्यापारिक र वित्तीय केन्द्र हो जसले एसियालाई युरोपसँग जोड्दछ। दुई देशबीचको कनेक्टिभिटी, सांस्कृतिक आदानप्रदान, पर्यटन र व्यापार अभिवृद्धिमा भूमिका निर्वाह गर्न पाउँदा हामी अत्यन्तै गौरवान्वित छौँ।’

राजदूत सोङले पनि आफ्नो विचार राख्दै भने, ‘काठमाण्डौै–छिन्ताओ–काठमाण्डौै उडान सेवाको आरम्भ नेपाल–चीनबीचको बढ्दो सहयोगको प्रमाण हो। चीनले नेपालको हवाई पूर्वाधार विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। यस नयाँ रुटले नेपालको उड्डयन उद्योगमा नयाँ गति ल्याउनेछ र नेपललाई भूपरिवेष्ठितबाट भू–जडित देशका रुपमा रुपान्तरण गर्न योगदान पुर्याउनेछ। यसले हाम्रो द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको प्रतिनिधित्व गर्नेछ। यस रुटले हाम्रा दुई देशबीचको मित्रता र सहयोगमा महत्वपूर्ण योगदान पुर्याउने कुरामा म विश्वस्त छु।’

सोही अवसरमा मन्त्री किराँतीले भने, ‘हिमालय एअरलाइन्सले काठमाण्डौै–छिन्ताओ–काठमाण्डौै उडान सेवाको सुरुआत गरेकोमा अत्यन्तै हर्षित भएको छु। यस प्रकारको सेवा नेपाल र चीनबीचको सम्बन्धलाई मजबुत बनाउने प्रतिबद्धताको उदाहरण हो। छिन्ताओ चीनको एक लोकप्रिय सांस्कृतिक र आर्थिक सहर हो। दुई देशबीचको पर्यटन र व्यापारको सम्भावना अपार रहेको हुँदा यो उडान सेवाले त्यस तर्फ निर्णायक भूमिका निर्वाह गर्नेछ। यस रुटबाट हिमालय एअरलाइन्सले उल्लेखनीय चिनियाँ पर्यटक नेपाल भित्र्याउने विश्वास लिएको छु र यसै अवसरमा म छिन्ताओ बासीलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिन चाहन्छु।’

हिमालय एअरलाइन्सका प्रवक्तासमेत रहेका विजय श्रेष्ठले नयाँ सुरु गरिएको रुटप्रति उत्साह व्यक्त गर्दै गरे। उनले भने, ‘हिमालयको मुख्य लक्ष्य चीनका विभिन्न १० पर्यटन क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख पर्यटकलाई नेपालमा स्वागत गर्ने हो। हिमालयले नेपालबाट चीनको लागि नयाँ रुटहरुमा उडान भर्दै आएको छ। यस अर्थमा नयाँ मर्केट स्थापित गर्नमा हाम्रो योगदान उल्लेखनीय छ। यस रुटको सुरुवातसँगै हिमालयले उच्च सुरक्षा मापदण्ड कायम गर्दै अविस्मरणीय यात्रा अनुभवहरु प्रदान गर्ने लक्ष्य लिएको छ। हाम्रो यस उडानमा यात्रुहरूलाई स्वागत गर्न हामी उत्साहित पनी छौँ।’

हिमालय एअरलाइन्सले यात्रु, व्यवसायी र पर्यटकलाई काठमाण्डौै–छिन्ताओ–काठमाण्डौै उडान सेवाको सुविधा लिन आमन्त्रित गरेको छ। यात्रुले हिमालय एअरलाइन्सको टिकटिङ काउन्टर, आधिकारिक ट्राभल पार्टनर र एअरलाइन्सको वेबसाइट www.himalaya-airlines.com बाट काठमाण्डौै–छिन्ताओ–काठमाण्डौै उडानको टिकट बुक गर्न सक्नेछन्।

Bizshala
CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.