शनिबार, बैशाख ५,२०८३ 01:59:24
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 01:59:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेवा सातै प्रदेशमा बिस्तार, सुर्खेत र धनगढीमा नयाँ शाखा

Bizshala
स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेवा सातै प्रदेशमा बिस्तार, सुर्खेत र धनगढीमा नयाँ शाखा
Shivam Cement

काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमीटेडले असोज १९ गते कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगर र असोज २० गते सुदुरपश्चिमको धनगढी, कैलालीमा गरी दुईवटा शाखा कार्यालयहरुको विधिवत सञ्चालन थालेको छ ।  

यी दुई प्रदेशमा शाखा बिस्तारसँगै स्ट्याण्डर्ड चार्टर्ड बैंकका शाखाहरु देशका सातै प्रदेशमा बिस्तार भएका छन् । नेपाल राष्टबैंकले क वर्गका वाणिज्य बैंकहरुले सबै प्रदेशमा शाखा कार्यालयहरु स्थापना गर्नुपर्ने व्यवस्था गरेको थियो । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यी दुवै शाखा कार्यालयहरुको नेपाल राष्टबैंकका गभर्नर महाप्रसाद अधिकारीले भर्चुअल रुपमा उद्घाटन गरे । सुर्खेत, वीरेन्द्रनगरको शाखा उद्घाटनका लागि असोज १९ गते आयोजित समारोहमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीवबिक्रम शाहको उपस्थिति थियो । दुवै शाखा कार्यालय उद्घाटन समारोहमा स्ट्याण्डर्ड चार्टर्ड बैंकका सञ्चालक समितिका सदस्य सिद्धान्तराज पाण्डेको पनि उपस्थिति थियो । 

Dhangadhi
CG Motors
Garima Development Bank
IME remit
Birendranagar

समारोहमा धन्यवाद ज्ञापन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तिदारले शाखा कार्यालयहरु स्थापनाका क्रममा केन्द्रीय बैंकबाट भएको मार्गदर्शन र सहयोगका लागि आभार प्रकट गरे ।  

बैंकले एक विज्ञप्ति जारी गर्दै देशभरका ग्राहकहरुलाई वित्तीय सेवाहरुको पहुँच विस्तार गर्ने महत्वपूर्ण भूमिकाप्रति पुनः प्रतिबद्धता समेत व्यक्त गरेको छ । नयाँ शाखाहरु बिस्तारसँगै स्थानीय व्यवसाय र ग्राहकहरुलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न सहज भएको तथा वित्तीय अवाश्यकता परिपूर्ति गर्ने लक्ष्य समेत राखिएको बैंकका कर्पोरेट अफेयर्स प्रमुख सिरिन खतिवडाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.