Bizshala
  • मंगलवार, पुष १५,२०८२ 04:13:39
Bizshala
Global IME Bank Limited

सेयरमूल्य ६०० माथि, लाभांश चाहिँ शून्य ! विकल्प मर्जर हो ?

Hyundai Nepal
सेयरमूल्य ६०० माथि, लाभांश चाहिँ शून्य ! विकल्प मर्जर हो ?
Shivam Cement

काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता ६०० रुपैयाँभन्दा बढीमा सेयर कारोबार भइरहेको बेष्ट फाइनान्स कम्पनी लिमीटेडले सेयरधनीको हात खालि राख्दै वार्षिक साधारणसभा आह्वान गरेको छ ।  

फाइनान्सको असोज २२ गते बसेको सञ्चालक समितिको ५९१ औं बैठकले आगामी कात्तिक १४ गते बुधबारका दिन काठमाण्डौको कमलादिस्थित प्रज्ञा प्रतिष्ठानमा आफ्नो २७ औं वार्षिक साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो । 

CG Motors
Bizshala
Garima Development Bank

वित्तीय रुपमा निकै कमजोर यो कम्पनीले सेयरधनीलाई लाभांश बाँड्ने गरी आम्दानी र नाफा नगरेका कारण सोसम्बन्धी कुनै पनि प्रस्ताव सञ्चालक समितिले गर्न नसकेको देखिएको छ ।  

साधारणसभामा भविष्यमा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव समेत पेश हुनेछ । सोसम्बन्धी कार्य गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई अख्तियारी गर्ने अजेण्डा समेत राखिएको छ ।  

सभामा बेष्ट फाइनान्सको आर्थिक वर्ष २०७९-८० को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.ब. २०७९-८० को वार्षिक वित्तीय विवरण छलफल गरी पारित गर्ने लगायतका अजेण्डा समेत राखिएको छ । 

New Office
Laxmi Sunrise Bank Limited
IME remit

सञ्चालक समितिबाट रिक्त रहेको पदमा बाँकी कार्यकालका लागि २ जना सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने, संस्थाको प्रबन्धपत्र र नियमावली संसोधन लगायतका प्रस्ताव समेत पेश हुने बताइएको छ ।  

फाइनान्सले साधारणसभा प्रयोजनका लागि कात्तिक २ गते एकदिन सेयरधनी किताब बन्दको समेत घोषणा गरेको छ । यो कम्पनीको साधारणसभामा सहभागी हुन चाहनेले कात्तिक १ गतेभित्रमा सेयर किनेर सेयरधनी कायम भइसक्नुपर्नेछ ।  

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.