शुक्रबार, बैशाख ४,२०८३ 02:24:13
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 02:24:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दशैंमा टाटा मोटर्सको ७५१ युनिट गाडी डेलिभरी

Bizshala
दशैंमा टाटा मोटर्सको ७५१ युनिट गाडी डेलिभरी
Shivam Cement

काठमाण्डौ । यस वर्षको नाडा अटो शोमा ४७५ बुकिङ लिएर सुरुवात गरेको टाटा पन्च ईभीको यो दशैंमा ३७७ युनिट डेलिभरी भएको छ । शुरुवाति मूल्य रु. ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको टाटा पन्च ईभीमा कम्पनीले सोचेकोभन्दा उत्साहजनक डेलिभरी भएको सिप्रदी प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिले बताए । 

सिजापतिको अनुसार सुरुवाती भेरियन्टमा पनि ग्राहकहरुले सनरुफको आनन्द लिन मिल्ने र नेपालको बाटोमा सुहाउँदो गाडी भएकोले पन्च ईभीले नेपालमा राम्रो बजार लिइरहेको छ ।      

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

टाटाको पन्च ईभीको साथै गत वर्षको नाडा अटो शोमा नै लन्च भएको टियागो ईभी बजेट सेग्मेंटको सर्वाधिक बिक्रि भएको मोडल हो ।  यो दशैंमा पनि टियागो ईभीको १५६ युनिट डेलिभरी भएको कम्पनीले जनाएको छ ।  विशेषगरि महिलाहरु र पहिलो गाडी लिन खोज्नु भएको ग्राहकहरुको पहिलो रोजाईमा पर्न सफल भएको टियागो ईभीको पनि यो दशैंमा उत्साहजनक रुपमा डेलिभरी भएको छ । साथै, टाटाको टिगोर ईभीको १० युनिट र आइस गाडीको ५२ युनिट डेलिभरी भएको कम्पनीले जनाएको छ।  

यो दशैंमा एक्प्रेस–टिको पनि राम्रो संख्यामा डेलिभरी भएको छ । एक्प्रेस–टिको १५६ डेलिभरी भएसँगै सिप्रदीले यो दशैंमा ७५१ टाटा कारहरु डेलिभर गरेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

यसको साथै, दशैंको अवसरमा ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै सिप्रदीले टाटा मोटर्सको लागि दशैंभरि सिप्रदीको फास्ट डिसी चार्जिङ स्टेशनमा निःशुल्क चार्जिङको घोषणा गरेको छ ।  

साथै, टाटा मोटर्सले आफ्ना देशभरिको सर्भिस सेन्टरहरुबाट आकस्मिक सेवाप्रदान गर्ने जानकारी गराएको छ । बिदाको समयमापनि टाटाका बाघडोल र गोगंबुस्थित दुईवटा सर्भिस सेन्टरहरु खुल्ला हुनेछन । जसमा प्यासेन्जर तथा ट्याक्सीहरु सर्भिसिङ तथा चार्जिङको ब्यवस्था मिलाइएको छ भने अन्य सर्भिस सेन्टरहरु मार्फत ब्रेकडाउन सर्भिस प्रदान गरिनेछ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.