शुक्रबार, आश्विन ९,२०८३ 06:05:02
Bizshala
  • शुक्रबार, आश्विन ९,२०८३ 06:05:02
Bizshala
Global IME Bank Limited

‘बरु ६ महिनापछि कमाउनू, अरुको लहै लहैमा कमजोर सेयरमा लगानी नगर्नू’–ईश्वरी रिमाल

Bizshala
‘बरु ६ महिनापछि कमाउनू, अरुको लहै लहैमा कमजोर सेयरमा लगानी नगर्नू’–ईश्वरी रिमाल
New Office

काठमाण्डौ । नेपाल स्टक ब्रोकरहाउस (स्टक ब्रोकर नम्बर १४)का सञ्चालक इश्वरीप्रसाद रिमाल नेपाली पूँजीबजारका निकै पुराना व्यक्ति हुन् । उनको पूँजीबजारमा निकै लामो अनुभव रहेको छ । उनै रिमालको यसपालिको दसैं सदा झै काठमाण्डौमै रमाइलो भइरहेको छ ।  

योपटक पनि सदा झै रिमालको दसैं पारिवारिक भेटघाट र काठमाण्डौमा नै घुमघाम गरेर बितिरहेको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

पूँजीबजारको विषयमा रिमालले लगानीकर्ताहरुलाई सचेत भएर लगानी गर्न सुझाव दिन्छन् । उनको विचारमा दोस्रो बजारमा म्यानुपुलेसन पनि भइरहेको छ ।  ‘यसमा ब्रोकर, लगानीकर्ता तथा नियामक आ–आफ्नो ठाउँमा भागिदार हौला । तर अहिले केही कम्पनीसँग ब्रोकर र खेलाडीको नाम जोडिनु नियामकको कमजोरी हो ।’उनले भने । 

रिमालले सर्बसाधारण लगानीकर्ताहरुलाई राम्रोसँग अध्यान गरेर मात्रै सेयर बजारमा लगानी गर्न सुझाब दिन्छन । उनी भन्छन्–‘बरु ६ महिनापछि कमाउनुहोस् तर अरुको लहै लहैमा लागेर लगानी नगर्नुहोस । अरुको लहैलहैमा लाग्दा सेयर बजारमा निकै नोक्सान पनि हुनसक्छ । मैले केही मान्छे भेटेको पनि छु जसले केही खराब कम्पनीमा लगानी गर्दा रातभरि निदाउन पनि नसकेको सुनाएका छन् ।’  

रिमालले ब्रोकर, लगानीकर्ता र आफ्ना इष्टमित्रलाई दसैंको शुभकामना दिंदै भन्छन्अ-'हिले नै बुल सकिएको छैन, बजार फेरि चलायमान हुन्छ । त्यही भएर सबै लगानीकर्ताहरुलाई ढुक्क भएर चाडपर्व मनाउन आग्रह गर्छु ।'

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.