मंगलवार, आश्विन १३,२०८३ 12:41:01
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 12:41:01
Bizshala
Global IME Bank Limited

दसैंको दक्षिणा गन्दाको जस्तो मज्जा केहीमा आएन: नरेन्द्र सिजापति

Bizshala
दसैंको दक्षिणा गन्दाको जस्तो मज्जा केहीमा आएन: नरेन्द्र सिजापति
New Office

काठमाण्डौ । कालिका सेक्यूरिटिज(स्टक ब्रोकर नम्बर ४६)का सञ्चालक नरेन्द्र सिजापति यसपटकको दसैंमा टाढा घुम्न गएनन् । यसपालि पूरै समय घरमा पारिबारिलाई नै समय दिएर दसैं मनाइरहेका छन्, रमाइरहेका छन् ।  

दैलेख घर भएका सिजापति काठमाण्डौको लोकन्थलीका बासिन्दा हुन् । सधैं घुमघाम गर्न रुचाउने सिजापति यसपालि भने केही भिन्न शैलीमा दसैं मनाउँदैछन् । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

दसैं भन्नेबित्तिकै पहाडमा हुर्केको कारण सिजापतिले पनि गाउँघरकै याद गर्छन । दसैंलाई उनी नयाँ कपडा लगाउने र मीठोमसिनो खाने पर्वकै रुपमा विशेष गरी सम्झिन्छन् ।  

बाल्यकालमा दिनभर टीका लगाएपछि साँझमा दक्षिणा गन्दा जुन आनन्द आँउथ्यो, त्यो आनन्द अहिलेसम्म कुनै पनि दसैंमा नआएको सुनाउँछन् । बालापनमा दाजुभाईमध्ये कसले दक्षिणाबाट बढी पैसा जम्मा गरेको भन्ने विषयमा हुने प्रतिस्पर्धालाई सम्झिँदा आज पनि उनको मन पुलकित हुने गर्छ ।

यसपालिको दसैंपछि भने उनी राजधानीनजिकैको पाँचपोखरी घुम्न जाने योजनामा छन् ।  

सिजापतिले दसैं अगाडिको बजार केही साइडवेज चलेका कारण केही खल्लो जस्तो देखिएता पनि दसैं पछि राम्रै हुने अनुमान गरे । आगामी दिनमा बजार अझै बलियो हुँदै जाने उनको तर्क छ ।  

दसैंको विदा अवधिमा सेयर बजारलाई भूलेर सकेसम्म फ्रेस हुन र प्रशस्त शक्ति सञ्चय गरी सेयर बजारमा दमदार ढंगले पुनः प्रवेश गर्ने गरी योजना बनाएर अगाडि बढ्न उनले लगानीकर्तालाई सुझाए ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.