बुधबार, आश्विन ३०,२०८१ 08:00:43
IME remit
  • बुधबार, आश्विन ३०,२०८१ 08:00:43
IME remit
Global IME Bank Limited

सानो रकमले सेयर बजारमा इन्ट्री गर्न कति सम्भव ? म्युचुल फण्ड हुन सक्छ उत्तम विकल्प

कुन फण्डको न्याभ कति ? (सूचीसहित)

Hyundai Nepal
सानो रकमले सेयर बजारमा इन्ट्री गर्न कति सम्भव ? म्युचुल फण्ड हुन सक्छ उत्तम विकल्प
Nabil Bank Limited

काठमाण्डौ । दशैंपछि सेयरबजारमा आक्रामक सुधार देखिएको छ । हिजदेखि खुलेको बजारले लय समात्न थालेको देखिन्छ । मंगलबार ३१.४८ अंकले बढेको नेप्से परिसूचक आज फेरी ४३.२२ अंकले बढेको छ ।  

मंगलबार ३ अर्बको कारोबार भएको थियो भने आज साढे ५ अर्बमाथिको सेयर कारोबार भएको छ । यसर्थ सुस्ताएका लगानीकर्ताहरु फेरी बजारतर्फ आकर्षित हुन थालेका छन् ।  

Bizshala
Shivam Cement
CG Motors

नेपालीहरुको महान चाड दशैं पनि भर्खरै सकिएको छ । दशैंबाट पाएको दक्षिणा रकम फजुल खर्च नगरी सेयरबजारमा लगानी गर्न अहिले विशेष अवसर हुन सक्छ । सेयरबजारमा प्रवेश गर्न चाहाने अर्थात् थोरै रकम भइकन पनि लगानी गर्न चाहानेहरुका लागि सेयरबजारमा सस्ता कम्पनीका सेयरहरु प्रशस्तै छन् ।  

अझै भन्नुपर्दा दशैंबाट पाएको दक्षिणा वा आफुसँगै बचत रहेका स–सानो रकमले समेत सेयरबजारमा इन्ट्री गर्न सक्नेछ । बजारमा केही वाणिज्य बैंक, हाइड्रोपावर कम्पनीका सेयरभाउ २ सय रुपैयाँको हाराहारीमा छन् । त्यस्ता कम्पनीको सेयर खरिद गरी भविष्यमा सेयरबजारबाटै मनग्य रिटर्न पाउन सक्नुहुनेछ ।  

अझ सेयरबजारमा नयाँ प्रवेशी अर्थात् थोरै रकम लगानी गर्न चाहानेहरुका लागि म्युचुअल फण्डहरु उचित विकल्प हुन सक्छ । अहिले बजारमा अधिकांश म्युचुअल फण्डहरुको इकाई मूल्य १० रुपैयाँ भन्दा कम छ । यस्ता घट्दो बजारको प्रभावले फण्डहरुको प्रतिइकाई खुद मूल्य ९न्याभ० घटेर १० रुपैयाँका हाराहारीमा आइसकेको छ । तर केही महिनाअघि सेयरबजार बढ्दा फण्डहरुको न्याभ बढेर १२÷१३ रुपैयाँको हाराहारीमा पुगेको थियो ।  

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement

सेयरबजारमा न्याभकै आधारमा म्युचुअल फण्डहरुको इकाई खरिदबिक्री हुन्छ । अहिले फण्डहरुको न्याभ घटेको अवस्थामा बजार प्रवेश गर्न चाहानेहरुका लागि म्युचुअल फण्डका इकाई खरिद गर्ने उपयुक्त अवसर पनि हो । बजारमा अहिले अधिकांश फण्डको इकाई १० रुपैयाँ भन्दा सस्तोमै खरिद गर्न पाइन्छ । यदि तपाई दशैंमा पाएको दक्षिणा रकम वा तपाईसँग बचतमा रहेको सानो रकमलाई लगानीमा परिणत गर्न चाहानुहुन्छ भने म्युचुअल फण्डहरु उचित विकल्प हुन सक्छ ।  

कुनको न्याभ कति ?  

म्युचुअल फण्डहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार भदौ महिनामा सबै फण्डको न्याभ घटेको छ । भदौमा बजार घटेका कारण फण्डरुको न्याभ घट्न पुगेको हो ।  

भदौमा सबैभन्दा बढी न्याभ एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड– को १३.५१ रुपैयाँ छ । त्यस्तै, एनएमबी–५०, प्रभु स्मार्ट फण्ड, प्रभु सेलेक्ट फण्ड र हिमालयन ८०–२० को १२ रुपैयाँ भन्दा बढी छ ।  

त्यस्तै, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ सँगै २६ वटा न्याभको प्रतिइकाई खुद सम्पत्ति मूल्य ११ रुपैयाँ भन्दा बढी छ भने एनआइसी एशियन सेलेक्ट–३० सँगै ११ वटा फण्डको न्याभ भने १० रुपैयाँ भन्दा माथि छ । म्युचुअल फण्डहरुमध्ये सबैभन्दा कम न्याभ एनआइबीएल स्टेबल फण्डको ९.९८ रुपैयाँ छ ।

 

Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.