बिहीबार, श्रावण २८,२०८३ 01:13:18
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 01:13:18
Bizshala
Global IME Bank Limited

लगातार तीन दिन बढेको बजारको अबको टार्गेट कति–कतिमा ?

Prabhu Bank Limited
लगातार तीन दिन बढेको बजारको अबको टार्गेट कति–कतिमा ?
New Office

काठमाण्डौ । दशैंपछि लगातार २ कारोबारमा सेयर बजारमा ७५ अंकको बढोत्तरी आएको छ । यो सँगै अब नेप्सेमा २४४० विन्दु नै हालको लागि लो भएको करिब निश्चित भएको छ । यसलाई बजार २७ सय बिन्दुबाट माथि पाँच अर्ब भन्दा बढी कारोबार हुनुले थप पुष्टि गरेको छ ।  

नेप्सेमा अघिल्लोपटकको बुल र यसपटकको बुलमा पनि केही समानता देखिन्छ । १९६० विन्दुबाट माथि बजार लाग्दा पनि कारोबार  ३ अर्बमा सिमित भएपछि बजारले गति लिएको थियो । यसपटक पनि भोल्युम तथा कारोबार निकै ड्राई अप बने पछि पुनःआज पाँच अर्बको कारोबारले उकालो यात्रा तय गरेको छ ।  

इन्डिकेटरबाट नियाल्दा बजार यस अघि नै बुलिस बनेको छ । त्यसैगरि, मुभिङ एभरेजमा बजारले दशैं अगाडि नै गोल्डेन क्रसओभर बनाएको थियो । बजारलाई १५ मिनेटको चार्टबाट नियाल्दा डाउ थेउरीमा हायर हाई र हायर लो का सिरिजहरु बनाएको देखिन्छ । यसकारण बजारलाई सबै इन्डिकेटर तथा प्राइस एक्सनबाट नियाल्दा पष्ट रुपमा नै अप ट्रेन्डमा चलेको देखिन्छ । 

तर बजार सँधै बढेको बढ्यै र घटेको घट्यै पनि नगर्ने भएका कारण केही करेक्सनसहित नै माथि लाग्न सक्छ । आज २७४२ विन्दुमा बन्द भएको बजारले अब २८६० विन्दुसम्म पहिलो टार्गेट र त्यस पछि ३०६० को विन्दुमा दोस्रो टार्गेट सेट हुन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.