आईतवार, फाल्गुन ११,२०८१ 02:15:21
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 02:15:21
IME remit
Global IME Bank Limited

पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको तीन मुख्य सूचकको तुलनात्मक विश्लेषण: को अगाडि, को पछाडि ?(टेबलसहित)

Hyundai Nepal
पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको तीन मुख्य सूचकको तुलनात्मक विश्लेषण: को अगाडि, को पछाडि ?(टेबलसहित)
Nabil Bank Limited

काठमाण्डौ । वाणिज्य बैंकहरुले पहिलो त्रैमासमै १६ अर्ब रुपैयाँ भन्दा बढी नाफा कमाएका छन् । बैंकहरुले प्रकाशित गरेको चालु आ.व.को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकहरुले १६ अर्ब २३ करोड १८ लाख रुपैयाँ नाफा कमाएका हुन् ।  

यो नाफा गत आवको तुलनामा २१.६४ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म वाणिज्य बैंकहरुले १३ अर्ब ३४ करोड ३७ लाख रुपैयाँ मात्रै नाफा कमााएका थिए ।  

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ७ वटा बैंकको नाफा मात्रै गत आवको तुलनामा घट्न पुगेको छ भने बाँकी सबै बैंकहरुले नाफा उल्लेख्य बढाएका छन् । देशको आर्थिक अवस्था सुधारिँदै जानु र नेपाल राष्ट्र बैंकले समेत खुकुलो नीति लिएकाले बैंकहरुको नाफा बढ्न टेवा पुगेको हो ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

केन्द्रीय बैंकले असल ऋणमा राख्नुपर्ने १.२० प्रतिशत प्रोभिजनिङ खर्चलाई घटाएर १.१० प्रतिशतमा कायम गरिदिएको छ । यसले पनि बैंकहरुको नाफा बढ्न सहयोग पुगेको हो ।  

अधिकांश बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी (इपीएस)मा समेत सुधार देखिएको छ । गत आवको तुलनामा यस वर्ष मुनाफा घटेका बैंकहरुबाहेक सबैको ईपीएस बृद्धि भएको छ । 

तर समिक्षा अवधिसम्म बैंकहरुले नाफा बृद्धि गरेपनि अधिकांश बैंकको खराब कर्जा अनुपात भने घट्न सकेको छैन । असोज मसान्तसम्ममा बैंकहरुको औषत खराब कर्जा अनुपात करिब १८ प्रतिशतले बृद्धि भएको छ । चारवटा बैंकबाहेक सबैको खराब कर्जा बढेको छ ।  

मुनाफा कुनको कति ?  

स्रोतः बैंकहरुले प्रकाशित गरेका अपरिस्कृत वित्तीय विवरण ।

पहिलो त्रैमाससम्ममा सबैभन्दा धेरै नबिल बैंकले नाफा कमाएको छ । नबिलले असोज मसान्तसम्ममा २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ नाफा कमाएर सर्वाधिक नाफा कमाउने बैंक बन्न सफल भएको छ ।  

त्यस्तै, दोस्रोमा ग्लोबल आइएमई बैंकले १ अर्ब ५१ करोड, तेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ४६ करोड, चौथोमा प्राइम कमर्सियलले १ अर्ब २८ करोड र पाँचौमा एमएमबिले १ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएको छ ।  

गत आवको तुलनामा यस वर्ष सबैभन्दा बढी नाफा बढाउनेमा भने सिद्धार्थ बैंक रहेको छ । बैंकले ७५१.४३ प्रतिशतले नाफा बढाएको छ । त्यस्तैर लक्ष्मी सनराइजले ४२०.५३ प्रतिशत, नेपाल बैंकले ३२२.९७ प्रतिशत र कुमारी बैंकले ३०८.५० प्रतिशतले नाफा बढाएको छ ।  

सातवटा बैंकको नाफा भने गत आवको तुलनामा घटेको छ । 

ईपीएस कुनको कति ?  

स्रोतः बैंकहरुले प्रकाशित गरेका अपरिस्कृत वित्तीय विवरण ।

पहिलो त्रैमाससम्ममा ७ वटा बैंकबाहेक सबैको इपीएस बृद्धि भएको छ । असोज मसान्तसम्ममा सबैभन्दा धेरै इपीएस स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३६.५७ रुपैयाँ छ । गत आवको तुलनामा बैंकको इपीएस १.४६ रुपैयाँले बढेको छ ।  

त्यस्तै, दोस्रोमा एभरेष्टको इपीएस ३४.८५ रुपैयाँ छ । बैंकको इपीएस गत आवको तुलनामा ५.६६ रुपैयाँले बढेको छ । यता नेपाल एसबिआई बैंकको इपीएस पनि १२.७८ रुपैयाँले बढेर ३१.०३ रुपैयाँ पुगेको छ ।  

नबिल बैंकको २९.५३ रुपैयाँ, प्राइम कमर्सियलको २६.५३ रुपैयाँ, एनएमबिको २४.९५ रुपैयाँ, प्रभुको १७.६८ रुपैयाँ, माछापुच्छ्रेको १७.३२ रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १७.१६ रुपैयाँ, ग्लोबल आइएमईको १६.७४ रुपैयाँ, सिद्धार्थको १६.६४ रुपैयाँ, कुमारीको १६.४४ रुपैयाँ, नेपाल बैंकको १६.३९ रुपैयाँ, हिमालयनको १३.४२ रुपैयाँ, सानिमाको ११.५५ रुपैयाँ, लक्ष्मी सनराइजको ९.२५ रुपैयाँ, सिटिजन्सको ५.५८ रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ३.८७ रुपैयाँ, कृषि विकास बैंकको ३.८७ रुपैयाँ र एनआइसी एशियाको २.९१ रुपैयाँ रहेको छ ।  

गत आवको तुलनामा सबैभन्दा धेरै इपीएस बढ्नेमा भने सिद्धार्थ बैंक रहेको छ । बैंकको इपीएस १५.४५ रुपैयाँ बृद्धि भएको छ ।

एनपीएल कुनको कति बढ्यो/घट्यो ?  

स्रोतः बैंकहरुले प्रकाशित गरेका अपरिस्कृत वित्तीय विवरण ।

चालु आवको पहिलो त्रैमाससम्ममा चारवटा बैंकबाहेक सबै बैंकको निष्क्रिय कर्जा अनुपात(एनपीएल) बढेको छ ।  

गत आवको पहिलो त्रैमाससम्मको तुलनामा यस वर्षको प्रथम त्रैमाससम्ममा नेपाल एसबिआइई बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक र नबिल बैंकको मात्रै खराब कर्जा अनुपात घटेको छ।  

कृषि विकास बैंकले ०.५५ विन्दुले खराब कर्जा घटाएर ४.७८ प्रतिशतमा कायम गरेको छ भने नेपाल एसबिआई बैंकले ०.५१ विन्दुले घटाएर १.८४ प्रतिशतमा झारेको छ ।  

यसका साथै एभरेष्ट बैंकले ०.१३ विन्दुले घटाएर २।०८ प्रतिशत र नबिल बैंकले ०.१६ विन्दुले घटाएर १.४२ प्रतिशतमा कायम गरेको छ । पहिलो त्रैमाससम्ममा तीनवटा बैंकको खराब कर्जा भने ५ प्रतिशत भन्दा माथि रहेको छ ।  

सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५.८४ प्रतिशत रहेको छ । त्यस्तै, लक्ष्मी सनराइज बैंकको ५.४४ प्रतिशत, सिटिजन्स बैंकको ५.४१ प्रतित र हिमालयन बैंकको ४.९८ प्रतिशत रहेको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.