बुधबार, चैत्र २०,२०८१ 02:44:06
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:44:06
IME remit
Global IME Bank Limited

यी ३ कम्पनीको साधारण सभा आज बस्दै, यस्ता छन् मुख्य अजेण्डा

Hyundai Nepal
यी ३ कम्पनीको साधारण सभा आज बस्दै, यस्ता छन् मुख्य अजेण्डा
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ३ वटा  कम्पनीको साधारण सभा आज आयोजना हुँदैछ । आज युनिलिभर नेपाल, सिटिजन्स बैंक इन्टरनेशनल र आँखुखोला जलविद्युतको साधारण सभा आयोजना हुन लागेको हो ।  

यी ३ कम्पनीमध्ये युनिलिभर नेपाल र सिटिजन्स बैंकले लाभांश घोषणा गरेका छन् भने आँखुखोला जलविद्युतले लाभांश नदिने निर्णय गरेको छ ।  

युनिलिभर नेपाल  

युनिलिभर नेपाल लिमिटेडको ३१ औं वार्षिक साधारण सभा आज दिउसो ४.३० बजेदेखि सुरु हुनेछ । सभामा गत आवको  मुनाफाबाट सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै, आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान हिसाब, वासलात, नगद प्रवाह विवरण सहितको २०८१ असार मसान्तसम्मको सञ्चालक समिति र लेखा परीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।  

सभामा चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक र सामुदायिक परियोजनाहरुमा आर्थिक योगदानको लागि प्रस्ताव पारित गरिनेछ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म बुक क्लोज गरिसकेको छ । यसर्थ असोज २७ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।    

सिटिजन्स बैंक इन्टरनेशनल

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १८ औं वार्षिक साधारण सभा आज काठमाण्डौको डिल्लीबजारमा रहेको अमृतभोगमा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ४.२१ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

यस्तै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने÷गाभिने मर्ज गर्न वा प्राप्ति (एक्विजिसन( गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चलअचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्याइन गर्न राष्ट्रिय वा अन्तराष्ट्रिय मान्यता प्राप्त मूल्याइनकर्ता नियुक्ति गर्न तथा गाभ्ने वा गाभिने वा प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पुरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सभामा आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तको बैंक तथा बैकको सहायक कम्पनीहरु सहितको एकीकृत वासलात र २०८० साउन १ गतेदेखि २०८१ असारसम्मको नाफा नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्ने चालु आवका लागि लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

बैंकले असोज २९ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ असोज २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।  

आँखुखोला जलविद्युत

कम्पनीको वार्षिक साधारण काडमाण्डौको मैतिदेविमा रहेको वैभव पार्टी प्यालेसमा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका वित्तीय विवरण र आर्थिक वर्ष २०८१÷८२ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ४ गते बुक क्लोज गरिसकेको छ । यसर्थ कात्तिक ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीले मात्र सभामा भाग लिन योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.