काठमाण्डौ । लगातार घटेको बजारमा आज ब्रेक लागेको छ । आज बजार बढ्दा कारोबार पनि बढेको छ । प्राबिधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा तीन दिनदेखि मध्य ब्याण्डमा सपोर्ट लिएको छ । यसले बजारले विस्तारै अप ट्रेन्ड लिँदै गरेको मान्न सकिन्छ ।
म्याक्डीमार्फत नियाल्दा भने बजारमा वियरिस क्रसओभर बन्दै गरेको देखिन्छ । आरएसआई न्यूट्रल जोन ५० को तहमा चलेको छ । मनी फ्लो इन्डेक्सबाट नियाल्दा भने बजारमा अहिले नै कुनै सुधार भएको देखिदैन । विभिन्न इन्डिकेटरबाट नियाल्दा हालको बजारले प्रष्ट रुपमा कुनै पनि दिशा लिएको देखिदैन ।
यद्यपी आज २६४५ विन्दुमा बन्द भएको बजार यदि आगामी कारोबारमा २६६० विन्दुभन्दा माथि भोल्युमसहित टिकेको खण्डमा बजारले अप ट्रेन्ड लिन पनि सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।