काठमाण्डौ नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले हालका लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।
बैठकले गत आवका लागि लाभांश प्रस्ताव नगरी बैंकको वित्तीय अवस्था थप सुदृढ र सबलिकरण गर्दै लैजाने उद्देश्यले गत आवको वितरणयोग्य मुनाफा ७६ करोड ९५ लाख ३४ हजार ६१८ रुपैयाँ सञ्चित गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।