शुक्रबार, माघ १८,२०८१ 10:39:14
IME remit
  • शुक्रबार, माघ १८,२०८१ 10:39:14
IME remit
Global IME Bank Limited

नेपाल लाइफद्वारा एक दिवसीय ‘बिजनेश रिभ्यु मिट’ सम्पन्न

Hyundai Nepal
नेपाल लाइफद्वारा एक दिवसीय ‘बिजनेश रिभ्यु मिट’ सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोे एकदिवसीय ‘बिजनेश रिभ्यु मिट’ सम्पन्न भएको छ । काठमाण्डौमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको पहिलो त्रैमासको व्यापार समिक्षा गर्दै आर्थिक वर्ष २०८१/८२ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो ।  

कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेशनल सेल्स हेड उमापति पोखरेल लगायत उच्च व्यवस्थापकहरु तथा प्रादेशिक प्रमुखहरुको सहभागिता रहेको थियो ।  

कार्यक्रममा बोल्दै कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले प्रतिकुल आर्थिक अवस्थाको बावजुद पनि कम्पनीले प्राप्त गरेको उपलब्धिका निम्ति अहोरात्र खट्ने सम्पूर्ण नेपाल लाइफकर्मीलाई अन्तर मनदेखि धन्यवाद ज्ञापन गरे । उनले नेपाल लाइफ जीवन बीमा उद्योगको मार्ग प्रदर्शकको रुपमा रहेको र अहिले हासिल गरेको उपलब्धि भन्दा धेरै माथिको उपलब्धि ल्याउन सक्ने प्रचुर सम्भावना बोकेको समेत बताए । उनले ग्राहकमैत्री सेवाहरू प्रवाह गर्नका निम्ति कुनै पनि किसिमको सहयोग गर्न सञ्चालक समिति सदैव तयार रहेको बताए । 

Bizshala
CG Motors
Sagarmatha Cement

नेपाल लाइफको टिम बीमा उद्योगमा नै सबैभन्दा उत्कृष्ट रहेको र यस टिमको परिचालनले उद्योगमा आमूल परिवर्तन ल्याउनेमा आफू निर्धक्क रहेको र सो लक्ष्य प्राप्तिका निम्ति सहजकर्ताको भूमिका निर्वाह गर्न सञ्चालक समिति सकारात्मक रहेको उनले बताए । यस सशक्त सेल्स टिमले आगामी दिनमा अथक मेहनत र परिश्रम गर्दै जीवन बीमाको बजारीकरण, सचेतना तथा बीमा बजारको विकाश र बीमाको पहँुचलाई आमनागरिक बीच पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए । समस्त सरोकारवालाहरूलाई उच्चतम प्रतिफल प्रदान गर्ने अभिप्रायका साथ कम्पनीले लगानीलाई विविधिकरण गर्दै लगेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।  

बैंकमा तरलता बढ्दै गर्दा लगानीको प्रतिफलमा कमी नआओस् र लगानीको प्रतिफल झन् वृद्धि होस् भन्ने हेतुले नै कम्पनीले शिक्षा, हाइड्रोपावर तथा जग्गाहरूमा नेपाल बीमा प्राधिकरणको लगानीसम्बन्धी निर्देशिकाको अधीनमा रहेर लगानी गर्दै आएको बताए । साथै, कम्पनीको गौरवशाली इतिहासलाई कायम राख्दै बीमा बजारको विस्तारमा सम्पूर्ण नेपाल लाइफकर्मीलाई लाग्न पनि आग्रह गरे ।

कार्यक्रमामा बोल्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले उत्कृष्ट प्रदर्शन गरेको र सोलाई मूर्तता प्रदान गर्न सहयोग गर्ने अभिकर्ताहरु,कर्मचारीहरु तथा समस्त सरोकारवालाहरुलाई धन्यवाद तथा शुभकामना व्यक्त गरे । आम नेपाली नागरिकबीच अझै पनि बीमासम्बन्धी सचेतना पर्याप्त रुपमा नपुगेको हुँदा बीमा बजारमा प्रचुर सम्भावना रहेको बताए । यस कम्पनीले इनोभेटिभ प्रोडक्टहरू मार्केटमा ल्याइरहेको र आगामी दिनमा पनि यस्ता प्रोडक्टहरु मार्केटमा ल्याएर बीमा बजारको विस्तारमा भूमिका निर्वाह गर्नका निम्ति कार्यारम्भ भइसकेको बताए । लगानीको प्रतिफललाई उच्च राख्न लगानी विविधिकरणलाई केन्द्रबिन्दुमा राख्दै विभिन्न कार्यहरू गरेको कुरा समारोहमा व्यक्त गरे ।  

Muktinath Bikas Bank Limited

उनले कर्मचारीहरूको दक्षता अभिवृद्धि गर्नका निम्ति विभिन्न तालिमहरू सञ्चालन गर्दै आएको र यसलाई निरन्तरता समेत प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । बीमा बजारको उत्कृष्ट टिमको रुपमा नेपाल लाइफको टिम परिचित रहेको र कम्पनीद्वारा निर्धारण गरिएको लक्ष्य सहजै प्राप्त हुनेमा पनि आफू विश्वस्त रहेको समेत उनले बताए ।  

कम्पनीले निर्धारण गरेको लक्ष्य प्राप्तिका निम्ति चाहिने सम्पूर्ण पूर्वाधार निर्माणमा कम्पनी लागि परेको समेत बताए ।

कम्पनीले आफ्नो आन्तरिक तथा बाह्य प्रणालीलाई समय सापेक्ष बनाउनका निम्ति डिजिटाइजेशनको कार्य थालनी गरिसकेको बताए । निकट भविष्यमा बीमितहरुले यस कम्पनीद्वारा प्रदान गरिने सेवाहरु प्राप्त गर्न शाखा धाउन पर्ने अवस्थाको अन्त्य हुने र बीमितहरुले घरै बसीबसी सम्पूर्ण सेवा थप छिटोछरितो चुस्त र दुरुस्त तवरले प्राप्त गर्ने कुरा बताए ।

कार्यक्रममा नेशनल सेल्स हेड, सेल्ससँग सम्बन्धित विभागीय प्रमुखहरु तथा प्रादेशिक प्रमुखहरुले आ–आफ्नो प्रतिवेदनहरु प्रस्तुत गरे । कम्पनीका उच्च व्यवस्थापनद्वारा दिईएको मार्गदर्शनलाई शिरोधार्य गर्दै सेल्स टिम दत्तचित्त भई जीवन बीमा बजारको बजारीकरण तथा बीमाको पहुँचलाई बढाई यस कम्पनीको लिगेसीलाई थप उचाइमा पुर्याउन कुनै कसर बाँकि नराखी कार्यसम्पादन गर्न सम्पूर्ण नेपाल लाइफकर्मी तयार रहेको कुरा नेशनल सेल्स हेड उमापति पोखरेलले बताए ।  

समापन मन्तव्य व्यक्त गर्दै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले कम्पनीले प्राप्त गरेको उपलब्धिका निम्ति सबै सहयोगी हातहरुप्रति नमन व्यक्त गरे । कम्पनीले ग्राहकहरूको सुविधालाई थप प्रभावकारी ढंगले प्रवाह गर्नका निम्ति अहिलेको नविनतम प्रविधिको प्रयोग गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता प्रदान गर्ने बताए ।  

आजको दिनमा नेपाललाइफसँग आबद्ध ग्राहकहरूले सम्पूर्ण सेवाहरू घरै बसीबसी लिन सक्ने गरी संयन्त्रहरूको निर्माण गरिसकिएको समेत बताए ।  

नेपाल लाइफ बीमा बजारकै दिशानिर्देश गर्ने कम्पनी भएको हुनाले यस कम्पनीमा आबद्ध हुनुभएका सबै सरोकारवालाहरूको जिम्मेवारी पनि अधिक भएको र सो जिम्मेवारीलाई बोध गर्दै कार्यसम्पादन गर्न सबैमा आग्रह गरे ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.