काठमाण्डौ । साताको अन्तिम कारोबारका दिन आज बजार करिब १५ अंकले घटेर बन्द भएको छ । यो सँगै बजारमा आज कारोबार र भोल्युम पनि घटेको छ । तर बजारलाई पछिल्लोपटकको उच्च विन्दु ३० हजारबाट ट्रेन्ड लाईन तानेर हालको विन्दुसम्म नियाल्दा नेप्सेले सिमेट्रिकल प्यार्टन बनाएको छ ।
यो प्यार्टनमा बजारले पहिलोपटक २७७५ विन्दुमा प्रतिरोध सामना गर्यो । त्यसपछि आज २७ सयको विन्दुमा पनि प्रतिरोध सामना गर्यो ।
त्यसैगरि, बजारले तल्लो तह २६१० को विन्दुमा सपोर्ट लियो । ट्रेन्ड लाइन तान्दा बजारले यी विन्दुमा मुख्य प्रतिरोध र र सपोर्ट लिएको छ । यदि आगामी दिनमा बजारले माथिको लाइनलाई ब्रेक गरेर उकालो लागेमा बजारले अप ट्रेन्ड र तल्लो विन्दुलाई ब्रेक गरेर बजार खसेमा भने फेरि तल तिर बजार लाग्न सक्छ । तर डाउ थेउरीमा हायर हाई र हायर लोका सिरिजहरु बनाएका कारण बजारले माथिकै यात्रा तय गर्ने सम्भावना बढी रहन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।